Sur Cinema

दीपक भन्छन् : चप्पल लगाएर आएको थिए हलको मालिक भए !

सुरेन्द्र थापा

सुरेन्द्र थापा

काठमाडौं ।  कलाकारद्वय  दिपकराज गिरि र दिपाश्री निरौला लगायतको समूह द्वारा सन्चालित आइ एन आइ  सिनेमा हल यहि भदौ २९ बाट सन्चालनमा आएको छ । नयाँ  बानेश्वर चोक मा रहेको उक्त हल , स्कृन प्ले प्रा. ली. र आइ एन आइ को संयुक्त लगानीमा  सन्चालित  रहने छ  ।  कलाकार निर्मल शर्मा,  प्रभात रिमाल लगायतको समेत लगानी रहेको छ ।

उद्घाटन समारोहमा  हास्य  अभिनेता  हरिवंश आचार्य लगायत सिनेमा क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको  थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै हरिवंश आचार्यले भने “हामिले गर्न नसकेको काम दिपक – दिपा बाट शुरु भएको छ । देशै भरि यो हलको संजाल फैलन सफल रहोस । त्यो कार्यमा सबै भन्दा  धेरै खुसी हामी हुनेछौ।” भन्दै शुभकामना ब्यक्त गरे ।

त्यस्तै प्रमुख अतिथी रहेका उद्योग बाणिज्य संघ का अध्यक्ष चन्द्र ढकाल ले “सिनेमा र सिनेमा हल मार्फत आर्थिक गतिबिधी अगाडि बढाउनु आफैमा  सकरात्मक र प्रभावकारी कार्य हो ।”  आजको अवस्थामा छिट्पुट चुनौती रहे पनि सुरक्षित रहने छ यो क्षेत्र,  खासै  निराश हुनु पर्ने अवस्था नरहेको” बताउदै  यसले दिर्घकालिन फाइदा दिने छ।”  उनले भने।

स्वागत मन्तव्य दिने-गर्ने क्रममा हलका अध्यक्ष समेत रहेका अभिनेता दिपक राज गिरिले भने “चप्पल लगाएर  यो क्षेत्रमा  प्रवेश गरेको आफुले  सिनेमा निर्माण सङ्गै  आज हल सन्चालन  गरेर  दर्शकहरुलाइ मनोरन्जन दिने ठाउँमा  पुगेको छु । यस्को सबै श्रेय दर्शक र शुभ चिन्तकलाई जान्छ ।  सिनेमा बाट कमाएको पैसा अन्य ब्यबसायमा अनुभव नभएका कारण लगानी गर्न नसकेकाले आफुले बुझेकै क्षेत्रको ब्यबसाय रोजेको बताए । 

उनी लगायतले सन्चालनमा ल्याएको  उक्त हलमा प्रदर्शित सिनेमा हल बाट उठेको रकम ( ग्रस सङ्कलन) , निर्माता र हल बिच को बाडफाडमा  आधा आधा गराइने पनि जानकारी दिए ,जुन उपत्यकामा एकाध बाहेक कतै पनि त्यो प्रावधान छैन ।  छवि राज ओझा, सुनिल कुमार थापा, झरना थापा, नरेन्द्र महर्जन, नवल नेपाल, अर्जुन कुमार लगायत उल्लेख्य सिनेकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।