Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

नवलको इशाराको अन्तर्य के हो ?

काठमाडौं । केही  बर्ष अघि  सिने बजारले दुई सिनेमा पाए “मङ्गलम” र “मारुनी”। यी दुबै सिनेमाका निर्देशक थिए नवल नेपाल । कोरोनाकाल भन्दा अगाडि प्रदर्शनमा आएका यी दुबै सिनेमापछि नवलले कुनै सिनेमा गरेका छैनन।  किन हो उनी आफै जानुन ।

उनै नवल नेपालले गत सनिवार  आफ्नो फेसबुक अकाउन्टमा  स्टोरी राख्दै  एउटा तस्विर सार्वजनिक गरे ।जस्मा  “मङ्गलम” र “मारुनी” का लेखक गोविन्द फुयाल सहित कुनै कार्यालयमा बसेर केही काम गरिरहेका थिए । त्यति सम्म त ठिकै थियो, तर नवल ले “दुई” इसारा गर्दै  पोष्ट गरेको उक्त स्टोरीले धेरै कुरा बताइ रहेको छनक दिन्थ्यो । उनी पनि तिनै सिनेमा मध्य  कुनै एकको सिक्वेल त बनाउने तरखरमा छैनन् ?

सिक्वेलको सिजनमा “मङ्गलम” र “मारुनी” मध्य कुनै एक बजारमा आउन सक्ला ? बजारको ग्राफ हेर्ने हो भने “मङ्गलम” को सिक्वेल चर्चा उच्च छ । अर्को तर्फ “मङ्गलम” का निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोख्रेलको मुद्दा अदालतमा यथावत् छ । यस्तो अवस्थामा  उक्त सिनेमाको सिक्वेल बनिहाले निर्माण संयोजन कसरी होला ? अब हाम्रो अड्कल सहि हो या गलत त्यो त समय आए पछि नै थाहा हुन्छ।

सामाजिक मुद्दालाइ मिहिन ढङ्ग ले केलाउन खप्पिस  तिनै नवल नेपालले कुनै एक सिक्वेल बनाइ हाले भने पनि सजिलो चाहिँ छैन । किन पनि भने  ती  सिनेमामा उनले जुन  बाजि मारेका  थिए ,  त्यस्लाइ अघि बढाउनु  आफैमा चुनौती रहने छ । अन्य केहि सिनेमाका  सिक्वेलले त्यही छनक दिन्छ ।  यत्ती भनौ  शुभ होस, मङ्गल होस ।