काठमाडौं
उसो त यिनले फार्मेसीमा मास्टर गरेका छन्। भन्छन् –’जीवन सहज बनाउन फार्मेसी नै गर्ने हो। तर अभिनय मेरो प्यासन हो।’
चार वर्ष अघि कैलाली (अत्तरिया)बाट सिनेमाको सौदर्यतामा मोहित भएर काठमाडौँ छिरेका प्रभात पाल ठकुरी नेपाल फिल्म एकेडेमीमा जोडिए । प्रारम्भिक चरणको अभिनय कोर्स चल्दै गर्दा ‘डिसेम्बर फल्स’मा अडिसन मार्फत सहयोगी चरित्र हात पारे र सक्दो प्रयास गरे। ‘आफुलाइै दिएको क्यारेक्टरलाई न्याय गर्न मिहेनत गर्ने न हो, सबै भिटो निर्माता निर्देशकमा निहित हुन्छ। ‘ उठ्नलाई लड्न पर्छ भन्ने उनलाइ थाहा छ फलतः डिसेम्बर फल्स सोचेजस्तो भएन, तर उनी निरास भएनन्।

समूहगत सिफारिसमा भन्दा पनि आफ्नै बलबुताले अघि बढ्नु पर्छ भन्ने उनलाई प्रस्ट थाहा छ । बिक्न भन्दा पनि टिक्न चाहन्छन् उनी । दोस्रो सिनेमामा अडिसन दिएर ‘सरि मम’ मार्फत आफ्नो सिनेमा भविष्यलाई गति दिए उनले । सामाजिक सन्देश बोलेको उक्त सिनेमाले विभिन्न च्यारिटीमा उत्कृष्ट समीक्षा प्राप्त गर्न सफल भयो । सार्वजनिक प्रदर्शन हुन थालेको वर्ष दिन पुग्दै गर्दा पनि त्यही सिनेमालाई टेको बनाइ आफूलाई सिद्ध साबित गर्न लागि परेका छन् । उक्त सिनेमामा अग्रज कलाकार सरोज खनाल र सरिता लामिछानेको काखमा बसेर अभिनय गर्नु उनी आफैलाई अमृत महसुस भएको छ रे । सरि मम ले जति परिचय दिन्छ त्यसैमा उनी सन्तुष्टि लिन चाहन्छन् । त्यो भन्दा ठुलो प्रसाद त त्यो सिनेमासँग जोडिएर दिग्गजहरूसँग काम गर्न पाउनु नै ठान्ने प्रभात आउने बाटोका खातिर लय निर्माण गर्ने दाउमा छन्।

आधुनिक सिनेमा क्षेत्रमा प्रतिस्पर्धा गर्नु आफैमा चुनौती छ । तर पनि स्वच्छ प्रतिस्पर्धाबाट आफ्नो भाग्य कोर्नु र त्यो भाग्यले आफ्नो हैसियत अनुसार जुनसुकै तह प्राप्त गर्नु उनका लागि सन्तुष्टिको विषय हो ।
आज सम्म सिनेमाले जे सिकायो, जति सिकायो उनका लागि त्यही उपलब्धि भएको ठानेका छन् उनले । सिनेमा क्षेत्रका लागि आँखा भरी सपना बोकेका उनी भन्छन् ‘आशा र भरोसा टुटेको छैन।’ निरन्तरको प्रयास ले सफलताको त्यो उचाइमा पुर्याउछ जुन उनले देखेका छन् रे। जो उनले यस नगरी मा पैताला टेक्दा सङ्कल्प गरेका थिए ।

सीमित कलाकारलाई सीमित समूहले र सिने बजारले बोकेर हिँडेको देख्दा उनको मन दुख्छ। ‘क्षमता अनुसारको काम बाडफाड गरे चित्त बुझ्थ्यो। तर यहाँ त ती अदृश्य निर्माताको नजिक पुग्नै पाइन्न। खै कता आएर बाटो मोडिन्छ पत्तै हुन्न रहेछ हामीलाई त । ‘ नेपाली सिनेमा क्षेत्रको मन्द बिषनै यही हो जस्तो लाग्छ उनलाई। मुठ्ठी भर नेताको हातमा राष्ट्र परे जस्तै, मुठ्ठीभर मेकरको हात मा सिनेक्षेत्र जानू भनेको आफ्ना लागि राम्रो सङ्केत लागेको छैन रे उनलाई । ‘सबैले गरेको मिहेनत, सबैले गरेको दुख गरौला ,अझ धेरै गरौला , तर क्षमता अनुसारको स्थान (स्पेस) पाए खुसी लाग्थ्यो ।’ ढुक्क ले बोले उनी।

‘पछिल्लो पुस्तालाई अनेक चुनौती छन् । अझ अहिले आएर त झनै कम्प्लिकेसनहरु छन् । नयाँ पुस्तामा प्रवेश गर्ने हामी जस्तालाई त झनै कठोर बनिदिएको छ, आजको समय । तर पनि त्यसैमा आनन्द आउँदो रहेछ। सफलता प्राप्ति मा त्यत्ति आनन्द छैन जति दुख र मिहेनत गर्नमा रहेछ।’ उनी भन्छन् ‘मर्ने बेलामा किन यो फिल्ड चयन गरेछु, रिग्रेड नहोस् यत्ती छ, मनमा । बाकी कामबाटै, आफूलाई सिद्ध गरुला’।