Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

करिश्मा भन्छिन्- ‘महिनावारी हुँदा देउताको मन्दिर जाँदिन’

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरले आफू महिनावारी भएको समयमा देउताको मन्दिर नजाने बताएकी छिन्।

उनले उक्त अभिव्यक्ति चाहिँ ग्यालेक्सी फोरके टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ता दिनेक्रममा दिएकी हुन्। उनको उक्त भनाइ यतिबेला टिकटकमा चाहिँ चर्चामा छ। उनी सबैले मान्ने र चिन्ने अभिनेत्री हुन्। उनले भनेका कुराहरू छिटो जनमानसमा पुग्ने गर्छ।

जहाँसम्म लाग्छ यो महिनावारी विषय सामान्य हो। र महिनावारीको समयमा नारीहरुले खेपेको हिंसा र पीडा अथाह छ। त्यसैले पनि महिनावारीलाई सामान्य हो भनेर विभिन्न अभियानहरु चल्दै आइरहेका छन्। सोही समयमा करिश्माले महिनावारी हुँदा मन्दिर जाँदिन भन्दा जनमानसमा केही नकारात्मक संदेश प्रवाह भएको होकि भनेर एकथरिको प्रतिक्रिया छ।

किनकी अभिनेत्री नै महिनावारी हुँदा मन्दिर नजाने रहेछिन् हामी पनि जानुहुन्न है भन्ने गलत सन्देश पो प्रवाह भयो कि भन्ने भान केहील्र गरिरहेका छन्। तथापि करिश्माले चाहिँ अरुले गर्नुहुन्छ वा हुँदैन तर म चाहिँ गर्दिन भनेकी छिन्। उनको बिचारमा आफूले यस्ता कुराहरु मान्दिन भन्दा पनि नहुने बताएकी छिन्। उनलाई टिकटकमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्।

साथै करिश्माले चाहिँ आफुले अहिले पनि नभएको सम्बन्धको बारेमा कसैसँग नाम जोडिरहेको भन्दै चित्त समेत दुखाएकी छिन्। यतिबेला करिश्मा अभिनित सिनेमा ‘बहाब’ हलमा प्रदर्शनरत छ।