Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भदौ १ मा सिनेमा ‘हिँड्दा हिँड्दै’

काठमाडौं
मिलन आलेको निर्देशनमा तयार भएको सिनेमा “हिँड्दा हिँड्दै´´ भदौ ०१ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले आज अर्थात बिहिबार सिनेमाको फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

सिनेमामा आकाश श्रेष्ठ,रेखा शाह,सलोन बस्नेत, सानिया खान लगायतका कलाकारले अभिनय गरेका छन । सुशील पंगेनीको लेखन तथा निर्माण रहेको सिनेमाको बिमल श्रेष्ठ प्रस्तुतकर्ता हुन भने राज लामा उक्त सिनेमाका निर्माता हुन । गौतम राज खड्काको सम्पादन रहेको सिनेमामा कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।