Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अति गर्नु तर अत्याचार नगर्नु क्या शोभित जी !

काठमाडौं
बोली कै कारण शोभित बस्नेतको सिनेमा “डाडाको वर पीपल” डुबायो,भलै सिनेमा आफैमा कमजोरको पराकाष्ठा थियो । तर उनलाई चेत आउने छनक देखिएन ।  मनमा जे आउँछ सोच्दै नसोची बोलिदिन्छन यो दम्भ र अहङ्कार के का लागि ?

  शोभित आफैमा एक सृजनाकार हुन त्यस माथी “जय हो” का निर्माता,  निर्माता निर्देशक मा संयमता अपरिहार्य छ तर उनी किन यति आक्रोसित र कठोर बन्छन उनी आफै जानुन ।  उनको यहि र यस्ता  ब्यवहारले आगामी सिनेमा “जय हो” पनि प्रभावित हुने देखिएको छ ।

“जय हो” सिनेमाको पोस्टर सार्वजनिक भयो । भदौ ८ गतेबाट हलमा लाग्ने सिनेमाको पोस्टरमा धेरै कलाकार अटाएका छन । अन्य केही कलाकारहरु पहिलो पोष्टरमा नअटाएका कारण आएको गुनासो प्रतिको प्रतिकार थ्यो त्यो शोभितको तर गलत थियो । त्यति सम्म आक्रोसित हुन आवस्यक थिएन मेकर र निर्देशक लाई जे सहि लाग्छ त्यही निर्णय गर्ने अधिकार हुन्छ ।  रिसाउने रिसाउदै गर्थे पछि आफै बुझ्थे र चुप लाग्थे एउटा मेकरमा देखिनु पर्ने संयमता धैर्यता र शालिन्तामा निरीह प्रस्तुत गरे शोभितले जो उनैलाइ आउने दिन कठिन बनाउछ।

“अब देखि फिल्म को पोस्टर मा पुरा कास्टिङ राख्न पर्ने भएछ, नाम आउने दङ नहुने चाहि आगो साला हरु जे भएनि तिमिहरु लाइ काम त दिएको हु नि ? काम चाहियो भनेको हौ नि।”
निकृष्ट भाषामा उनले कलाकारलाई गाली गरेका छन जो सहि छैन। सिनेमाका कार्यकारी निर्माता हुन शोभित । उनको यस अघिको सिनेमा “डाडाको बर पिपल” पनि उनकै बोलिले यता न उता बनाएकै हो । “बद्रीबहादुर”मा पनि पूजा शर्मालाई प्रयोग गरेको आरोप छ । यस्तोमा उनले यो प्रकारको अभिब्यक्ती दिदै गर्दा टिमकै कलाकार समेत भड्किने सम्भावना देखिन्छ  ।

सिनेमा ब्यबसाय त हो नै , साहित्य र सृजना पनि हो । यस मानेमा सोभित को त्यस प्रकारको अभिब्यक्ती लाई  कसरी लिने ? के पैसा दिए जे पनि काम गराउन सकिने या गाली गलौज गर्न पनि पाइने हो र ? यस्तै प्रकारको दम्भ देखाउदै जाने हो भने भोलि एक्लिनु पर्ला है  शोभित जि चेत आओस ।