Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रभात र गरिमा अभिनित “ओ हो नी” सार्वजनिक

काठमाडौं 
कलाकारिता देखाउन के सानो पर्दा के ठुलो अभिनय क्षमता भए जस्तो काम पनि वाहवाही कमाउन सक्ने बन्छ । ठूलो पर्दा भनेर धाउनेको भिडमा प्रभात पाल यस्तै कारणले फरक देखिएका छन । उनी अभिनित दुई सिनेमा “डिसेम्बर फल्स” र “सरी मम” रिलिज भए । दुवै सिनेमाले सोच अनुरुप सफलता पाउन सकेनन । तर प्रभातको चर्चा भने भैरह्यो कारण उनको अभिनय क्षमता र काममा गर्ने मेहनत ।

अहिले उनै प्रभात अभिनित “ओ हो नी” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जहाँ उनले आफ्नो नृत्य क्षमता र अभिनय कला देखाएका छन । भिडियोमा सौन्दर्यले तानेर उनलाई प्रेतआत्माको प्यारमा परेको देखाईएको छ । आत्मा बनेकी छन अर्की चर्चित मोडल गरिमा शर्मा । आशिष् अविरल र सुशिला पाठकको स्वर रहेको गीतको भिडियो विकास प्रसाईले निर्देशन गरेका छन ।