Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बेली डान्सर बिनु विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं 
बेली डान्सरको छवि बनाउन सफल बिनु साक्यको नाम ठगी प्रकरणमा मुछिएको छ । हिजो सोमबार १२ जिल्लाका ३९ युवाले पत्रकार सम्मेलन गर्दै आफू लुटिएको बारे पत्रकार सम्मेलन गरेका थिए ।
यस अघि समेत पटक पटक यस्ता प्रकरणमा परेका सुजन आचार्यले आफुहरुलाई सिङापुर पठाइदिने भन्दै लाखौ ठगी गरेको उनिहरुले बताएका छन ।

यही प्रकरणमा बेली डान्सर तथा मोडल बिनु साक्यको समेत नाम मुछिन गएको हो । पिडित युवा मध्यका धेरैले सुजनकि प्रेमिका समेत भनिएकी बिनु र उनका भाइ सिर्जन निरौलाको बैंक अकाउन्टमा रकम बुझाएको बताएका छन । उनीहरुले बिनुको इन्भेस्ट्मेन्ट बैंकको खातामा रकम बुझाएको बताएका छन ।
यो खबर सार्वजनिक भए सङै बिनुका सामाजिक संजाल खाताका सम्पुर्ण गतिविधी लुकाईएको छ । यस प्रकरणमा सिर्जन निरौला पक्राउ परिसकेका छन भने बिनु र सुजनको नाममा पक्राउ पुर्जी जारी गरिसकिएको छ ।