काठमाडौं
एउटा कविता छ नी “मै खाउ मै लाउ सुख सयल मोज मै गरौ” हो यो कविता धेरै कलाकारको हकमा लागू हुन्छ । यस्तो लाग्छ कि कलाकार बन्न ‘म’ लाई केन्द्रमा राख्नै पर्छ । तर म बाहेक अरु कोही क्षमतावान नै छैन सोच्नु कतिको जायज हो ? पक्कै पनि होइन ।
नयाँ नयाँ सिने जगत प्रवेश गरेकी श्रद्धा क्षेत्रीमा यही रुप देखिएको छ । उनी आफू माथी अल्लि धेरै केन्दृत हुन थालेकी छिन । नेफ्टा फिल्म अवार्डको नोमिनेसनमा उनी पुगेकी थिइन । तर उत्कृस्ट पाँचमा नपर्दा उनी बिचबाटै कार्यक्रम स्थलबाट बाहीरिइन । त्यति मै रोकिएन उनको रिस र सामाजिक संजालमा पोस्ट गरिन ।

अङ्रेजीमा लेखिएको उनको पोस्टले “अवार्ड किन्न सकिने तर रिवार्ड कमाउनु पर्ने” बताउथ्यो । यो नोमिनेसनमा नपर्नुको रिस बाहेक केही थिएन ।
उनको सिनेमा “कृष्ण लीला”ले पानी समेत मागेन । यसमा उनलाई कसरी नोमिनेसनमा पर्नु पर्छ भन्ने लाग्यो त्यो उनै जानुन । तर अवार्डलाई यसरी उडाएकी उनले अहिले दङ्ग हुँदै अवार्ड पाएको तस्विर सेयर गरेकी छन ।

क्याप्टिभेटिङ कृएसन अवार्डमा डेब्यु नायिकाको अवार्ड उनले पाईन र दङ देखिइन । अब सोध्न मन छ, यो अवार्ड तपाइले कतिमा किन्नु भयो श्रद्धा जी ? कि रिवार्ड सोचेर ग्रहण गरिदिनु हामी ? चोर औला अन्त तेर्साउदा बाकी चार औला ले आफैलाइ इङ्गित गरिरहेको हुन्छ आउने दिन हेक्का रहोस ।