Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

राज जी एक्लै ?

काठमाडौं
   नायक राज कटुवाललाई पनि गार्है छ । यो क्षेत्रमा आएको लामै समय हुँदा पनि दर्शकले उनलाई प्रेमकै कारण मात्रै चिनेका छन भन्दा फरक नपर्ला । कहिले को त कहिले को उनको नाम नायिकाहरु संग जोडिएकै हुन्छ  ।
पछिल्लो समय म्युजिक भिडियोमा एक साथ काम गरेका राज र श्रद्धा क्षेत्रीको निकटता खुब देख्न पाइन्थ्यो । अन्तर्वार्तामा समेत प्रेम भएको झै देखिने गरि बोलिदिन्थे यी दुई ।

कार्यक्रमहरुमा एक साथ पुग्ने । अब यस्तो निकटतामा गसिप हुने हल्ला हुने सामान्य नै भयो । खबरहरु पनि बने ।
त्यसैले होला हिजो चलचित्र पत्रकार संघको बार्षिक उत्सवमा उनी एक्लै आए । अर्थात महिला सहकर्मी बिनै आए । त्यसो त प्रेमका मामलामा राज खासै भाग्यमानी छैनन । कुन दिन कसले छोडिदिन्छ पत्तै हुदैन । कतै यही घटना पुन दोहोरिएको त होइन ?
अनि पो एक्लै भए कि राज ?

तस्बिर: सामाजिक संजाल