Sur Cinema

Edit Content

ताजा अपडेट

बुढानिलकण्ठका अधिकांश स्कुलका विद्यार्थीले हेरे सिनेमा ‘सरि मम’

काठमाडौं
   जनचेतना मुलक सिनेमा ‘सरी मम’लाई काठमाडौंका विभिन्न स्कुलमा प्रदर्शन गरिएको छ । शुक्रबार लागुऔषध विरुद्धको सहचेतनामुलक कार्यक्रमसंगै जनचेतनामूलक सिनेमालाई मन्जरी सेकेन्डरी स्कुलका विद्यार्थीहरु र शिक्षकलाई हेराइयो ।

बुढालिनकण्ठका नगर प्रमुख मिठाराम अधिकारी र उपमेयर अनिता लामा र शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित सिंहको आतिथ्यमा विद्यार्थीहरुलाई चेतनामुलक  सिनेमा प्रदर्शन गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

निर्माण पक्षका अनुसार सिनेमा जेठ ३,४ ,५ गते बुढानीलकण्ठ नगरपालिकाको हलमा र तपेस रिसोर्टमा सम्पन्न भएको हो । यस सिनेमा हेर्नका लागि सनराइज बोर्डिङ स्कुल,मञ्जरी सेकेण्डरी स्कुल,एसटी जोसेप इङ्लिस स्कुल,ञान चेक्सु हाई स्कुल,नेशनल युनाइटेड स्कुल,धुर्बतारा स्कुल,बालविकास बोर्डिङ स्कुल,श्रृष्टि ज्ञान स्कुल,तिरुङ्ग्राम इन्टरनेशनल एकेडेमी लगायत स्कुलका विद्यार्थी हलमा पुगेका थिए।

लागुऔषधविरुद्धको सन्देश दिने सिनेमा ‘सरी मम’ गत मंसिर १५ मा हलमा रिलिज भएको थियो । सिनेमको निर्माता विनोद लामा हुन् भने निर्देशन नवीन बोगटीको छ। यस सिनेमामा अभिनेता सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।