Sur Cinema

Edit Content

ताजा अपडेट

मिडिया बाजी गर्न अब पुग्या हो नबल जी ?

काठमाडौँ   
   सिनेमा चलाउनका लागि निर्माण टिमले अनेक फण्डा अपनाउने गर्दछन्। यही मध्ये एक सिनेमा निर्माता तथा निर्देशक नबल खड्का फन्डाले मिडियामा आएर सिनेमा ‘काँडेतार’का कुनै पनि दृश्य र संबाद नकाटिने भन्दै मच्चिए ।

यति मात्र होइन, उनले देशका शीर्ष नेता तथा अभियानकर्ता लगाएर, मिडियामा बोलाएर आफूलाई सेन्सर बोर्डले आफ्नो सिनेमा ‘काँडेतार’लाई प्रदर्शनमा रोक लगाएको भन्दै बोल्न लगाए । 
सिनेमा सेन्सरका लागि लगेको हो होइन थाहा भएन । तर,उनले सिनेमाका बारेमा अनेक बहाना र फण्डाबाजी अपनाएर सिनेमा चलाउने कोसिस गरे । 

यतिले पनि उनको सिनेमाले सोचे अनुसारको चर्चा नपाएपछि अन्ततः सिनेमाको केही दृश्य र संबाद काटेर सिनेमाले सर्टिफिकेट पाएको बताए । सामाजिक सञ्जालमा कोइलो गरेका निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले अहिले सिनेमा सेन्सर भएको जानकारी दिएका छन् । 

एक साता अघि अनामनगरमा एक पत्रकार सम्मेलन गर्दै सरकारले नै सिनेमाको सेन्सर रोकेको आरोप लगाउँदै यदि आफूले राम्रो विषयमा सिनेमा बनाउँदा बनाउँदै पनि सरकारले सेन्सर रोक्छ भने फाँसीमा चढ्न तयार हुने बताएका थिए ।

त्यो समयमा निकै आक्रोशित बनेका नवलको यो भनाई कुनै मिडियाले उच्च स्थान नदिएपछि एकाएक गलेर उनले सेन्सर पास भएको जानकारी दिएका हुन् । अब मिडियामा हल्ला गरेर केही काम छैन भन्ने बुझेका खड्काले अन्ततः सिनेमाको फण्डा रोकेर रिलिज तर्फ लागेका छन्। जे होस फण्डा नचल्दा पनि कहिलेकाँही आफैलाई हानि गदौ रहेछ नि हैन त खड्का जी ?