काठमाडौं : ‘प्रसाद २ लाई प्रीमियर शो’मा उपस्थित अतिथीहरुले मुक्तकण्ठले प्रशंसा गरेको पाइयो । उपस्थित प्रायले यसको बिषय, पटकथाको चुस्तता र कलाकारको चरित्र अभिनयलाई सह्रानिय भनी सम्बोधन गरे ।
धेरै समय लगाएर निर्माण भएकाले पनि होला झिना मसिना कमजोरी बाहेक सबै कुरा सिनेमामा सङ्ग्लो थियो। तथापि यस्ता कार्यक्रमहरुमा प्राय: व्यवस्थापन कमजोर हुनु नेपाली सिनेमाका लागि रोग नै भइदिएको पाइन्छ। सिट क्षमता भन्दा धेरैअतिथि बोलाउनु, बोलाएकालाई व्यवस्थापन गर्न नसक्नुका बीचमा ‘प्रसाद २’ ले आफ्नो पहिलो सार्वजनिक प्रदर्शन गर्यो, त्यहि नै चित्त बुझाउने बाटो बन्यो सबैलाई ।
अब एउटा अर्को प्रसङ्ग…!
उपस्थिती सम्बन्धित सिनेमाका कलाकारहरु र अतिथीका हिसाबले सिनेमा दर्शन गर्न आएका “सेलिब्रेटी” र सिने पत्रकारको सामिप्यता र सहकार्यको बिषय पछिल्लो समय छल्किरहेको देखिन्छ । यी दुई समूह-गत भन्दा पनि व्यक्ति विशेषकाबीच स्वार्थले जेलिदै गएको छनक हिजो उक्त कार्यक्रममा पनि देखियो, भेटियो ।
खास हुनु पर्ने यस्तो होला, पछिल्तिर कार्यक्रमसङ्ग सम्बन्धित होर्डिङ्ग बोर्ड, त्यस्को अघिल्तिर प्रश्नको सामना गर्न खडा सम्बन्धित सिनेमाका कलाकार र आमन्त्रित सिनेकर्मीहरु अनि सम्मुखमा बसेका सिने पत्रकारहरु, जसमा फोटो पत्रकार, विभिन्न युट्युब संचालक र अन्य पत्रकारहरुको उपस्थिती ।
प्राय: त्यस्ता कार्यक्रममा सबै पत्रकारहरुको प्रतिनिधित्व गर्दै एकले अनेक विषयमा प्रश्न गर्दै जाने अनि अघिल्तिरका सिनेकर्मीले प्रश्नको जवाफ दिदै जाने, यसो गर्दा धेरैको कापीमा या क्यामरामा सबैको कुराहरु अट्छ,अट्थ्यो। तर भइ दिन्छ के भने, आफुलाई मन लागेका कलाकारहरुलाई कुनामा तानियो, मन लागेको कुरा, सोध्यो कन्टेन्ट पुग्छ ! सोध्ने पनि, उत्तर दिने पनि दुबै उतैबाट बाहिर निस्क्यो बाकी रहेका जिल्ला राम ।
कुनै एक सिनेमाको कार्यक्रममा व्यक्ति विशेषलाई तानेर एकातिर लगि मन गणन्ते कुरा सोद्धा त्यत्रो खर्च गरेर आयोजना गरेको कार्यक्रमको अर्थ के ? कार्यक्रम एउटाले गर्छ, सिमित युट्युब र डिजिटल पत्रीकाले आफ्नै कन्टेन्ट राख्छ। त्यति मात्रै होइन, सिने पत्रीकामा बामे सर्दै र केही गरौ भन्न खोज्ने केही फोटो पत्रकार तथा समाचार सङ्कलक हरुलाइ यसरी बेवास्ता गरिन्छ,कि तिनिहरु अछुत झै लाग्छ । जस्ले हात समातेर एउटा कुनामा लग्यो उसैले मात्र आफुलाइ सिनेमा जगतमा अब्बल बनाइदिन्छ या चलन चल्ती मा “भाइरल” बनाइदिन्छ र साथमा जाने पनि उसैलाई मात्र भरपर्दो ठान्छ ।
आफुलाई अब्बल ठान्ने “सेलिब्रेटी” हरुले, केही गर्छु भन्ने उम्दा फोटो पत्रकार र अन्य सिने पत्रकारहरुलाई बेवास्ता गर्दै गर्दा आफ्नो यात्रा यो सिने नगरीमा “दुई दिन कि चादनी ” भन्ने किन बिर्सन्छन? उत्तर खोजी रहन्छौँ।
सामुहिक कार्यक्रम भनेर घोषणा गरिसकेपछि समुहमै आफ्ना कुरा र तर्क राख्नुपर्छ। अथवा उपस्थित सबैलाई सम्बोधन हुनेगरि पेश हुनपर्छ । व्यक्ती विशेष त जुन बेला पनि आफ्ना कुरा लिने दिने गरे भै हाल्यो। चलेका र बलेकाको पिठ्युँमा बसेर दुनिया सामु देखिने हो ?
आउने दिनमा चलेका ठानिएका सहकर्मी र चम्केका ठानिएका सेलिब्रेटीहरुले उपस्थित सबैलाई बिषय गत रित्तो नहुने गरि सहभागी भइदिए सबैको भलो हुन्छ कि ?