Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दर्शकले रुचाए दया र मिरुनाको जोडी

काठमाडौं : यतिबेला हलमा सिनेमा ‘जारी’ प्रदर्शनरत छ। गत वैशाख १ गतेबाट प्रदर्शनमा आएको यो सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल पनि भएको छ। दर्शकले यो सिनेमालाई औधी रुचाएका छन्।

जारी प्रथाको कथालाई उठान गरेको सिनेमाले देशभरका हलहरुमा प्रदर्शनको पहिलो हप्ता हाउसफुल व्यापार समेत गर्‍यो। सिनेमा गत शुक्रबारबाट दोस्रो हप्तामा सफलताका साथ प्रदर्शन भइरहेको छ।

यो सिनेमामा दयाहाङ राई र मिरुना मगरको प्रमुख भुमिका छ। दर्शकले पछिल्लो समय दया र मिरुनाको जोडी निकै रुचाएका छन्। दया र मिरुनाको जोडी हिट छ यतिबेला। यो जोडीले ह्याट्रीक गर्ने सम्भावना प्रवल छ।

किनभने सिनेमा ‘कबड्डी ४’बाट एकसाथ स्क्रिनमा देखिएका यि दुईले ‘जारी’मा दोस्रोपटक काम गरेका हुन्। त्यसो त, अब आउन लागेको नयाँ सिनेमा ‘नांगो गाउँ’ पनि दया र मिरुनाको जोडी छ।

यदि ‘नांगो गाउँ’ले पनि दर्शकको मन जित्यो र राम्रो व्यापार गर्न सफल भयो भने दया र मिरुनाको जोडीले ह्याट्रीक गर्ने छ। यि दुई पनि ह्याट्रीकको दाउमा छन्। उनीहरुले सहकार्य गरेको ‘कबड्डी ४’ र ‘जारी’ ब्लकबस्टर हुँदा अब यो जोडीले नेपाली सिनेमा क्षेत्रमा राम्रै राज गर्ने देखिन्छ ।

तस्वीर स्रोत : मिरुना मगरको फेसबुक वालबाट