Sur Cinema

Edit Content

ताजा अपडेट

कठैबरा केकी, नाच्न अरु कोही पाइएन ?

काठमाडौं :  
नेपालका कलाकारलाई प्रिन्ट मिडियाका पत्रकार भन्दा पनि युट्युबर नै पत्रकार जस्तो लाग्छ । त्यहि भएर युट्युबरसँग वर र पर दौडिने मात्र होइन टिकटक नै बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको बग्रेल्ती छन्।
कलाकारको ब्यक्तिगत जीवन नै हुदैन भन्ने पनि होइन । मन लागेको गर्न पाइन्छ तर धेरैको नजर पर्ने सामाजिक संजालमा युट्युबर सँगै कम्मर मर्काउनु चाँही अलिक नसुहाउदो लाग्ने रहेछ ।

सालिन स्वभावका कारण केकी अधिकारी धेरैको नजरमा प्रिय छिन । तर उनको पनि त मन न हो कहिले काहीँ चुलबुल बन्न मन लाग्ला । एक युट्युबर पत्रकारको टिकटकमा उनले कतै देखाउन नपाएको चञ्चलता देखाएकी छन ।

टिकटकको गीत एकातिर छ उनीहरुको अभिनय अर्का तिर । टिकटकमा भाइरल हुन शरीर हल्लाउनेको भन्दा कम देखिदैन केकीको शरीर हल्लाई ।
त्यसो त यो प्रवेश पौडेलको एक महिना अगाडी रिलिज भएको ‘च्याप्प प्रवते माया …’  गितलाई कार्टुन भर्जनमा बनाइएको गीत हो । टिकटकमा भाइरल गराउने हिसाबले केकी र ति युट्युबर पत्रकार नाचेका पनि होलान् ? यस्तै नचाईले केकी दर्शकको हेराईमा भाइरलको टीका नलगाएको भए पनि हुने । बाँकी केकीको जो आज्ञा ।

Tiktok:- https://vt.tiktok.com/ZS8vvj8T8/