Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

महत्वाकांक्षामा जेलिएका सपूतका श्रीजनाहरु

काठमाडौं
सृजना भित्र बिज्ञापनको ठिक लेपन लाउदा सुन्दर नै देखिन्छ । तर आर्थिक लोभ भनौ या बाध्यता ले जेलिएका सपूत को अर्को महत्वाकांक्षा चाहिँ के हो भने,चाहे नाम होस या बदनाम आफू  टाइम लाइन मा आइ रहने लोभ लाई हेर्दा चिनी पनि धेरै सेवन गरे तितो हुन्छ भन्न सकिन्छ । स्त्री  सुन्दरता लाई श्रीजनात्मक परिवेसमा भिडियो मार्फत छल्काउनु गलत हैन , तर बिक्री गर्ने नाम मा नारी अस्मितालाइ बारम्बार गलत रङ्ग पोत्नु  समाज प्रती को गैर जिम्मेवारी हुन आउँछ । “एउटि यौवना ले मस्त युवती लाई बिक्री को बस्तु हो ” भन्ने मानसिकता  बाट सपूत जस्ता श्रीजनाकार हरु बाहिर निस्कन आवस्यक छ, किन पनि भने उनका प्रस्तुती हरुलाइ आम पारखी ले पत्याएका छन, साथ दिएका छन  जुन मौका लाई सुन्दर र सकरात्मक ढङ्ग ले त्यही समाज लाई मनोरन्जन दिन सक्छन ।  

उनले बिर्सनु हुन्न  पछिल्लो भिडियो मा  प्रस्तुत  भएका सपूत आफै नमज्जाले चिप्लिएका छन। एउटी आँखा भरी सपना बोकेर बिस्वास मा शहर पसेकी  युवती लाई पहिला आफ्नै पात्र ले  भोग्छ अनि क्लाइमेक्स मा आफै आदर्शका लाइन बोल्छ।  हिरो बन्न खोजेको हो या भिलेन? सायद स्कृप्ट तयार गर्दा आफ्नो चरित्र दोधारे होला अनुमान कम लगाएका होलान । यी र यस्तै गतिबिधिले सपूत जस्ता तन्नेरी श्रीजनाकार हरु  प्रयोगवादी चिन्तन ले “सन्देस” को सेप मा परेका छन। आफुलाइ चिनी रहेका छैनन, चिनेका छन त  भाइरल, महत्वाकांक्षी , बिबाद अनि त्यस्ले उत्पन्न गराएको सस्तो दर्शन…!

सपुतले आफुलाई ब्रान्डको रुपमा स्थापित गरिसकेका छन । गायन, लेखन, निर्देशन सबैमा उनी अब्बल देखिएका पनि हुन । अब त ठूलो पर्दाबाट पनि डेब्यु गर्दै छन ।
दोहोरी ब्याटलबाट उनको चर्चा  र आलोचना सुरु भयो । ‘बोल माया’ले उनलाई स्थापित गरायो । त्यस पछि ‘गलबन्दी’ पनि आयो । ‘बदला बरिलै’ अनि ‘पीर दियौ’ पनि । अहिले ‘सकम्बरी’ चर्चामा छ ।
यी सबै सिर्जना हेर्दै गर्दा केही समानता पाइन्छ । एक विवाद, दोस्रो चोरी आरोप र तेस्रो कथा अधुरै छोडिदिने । जे कुरा पनि एक समय सम्म ठिक लाग्छ तर अति भए पछि मान्छे आशावादी हैन भड्किएर जान्छन । ‘बोल माया’ उनले अधुरै छोडेका छन् अर्को भाग ल्याउने अपेक्षा छोडेर । ‘गलबन्दी’ले पनि त्यसलाई पुर्णता दिएन । ‘पीर दियौ’लाई नै हेरौ, त्यहा पनि अर्को भाग अपेक्षा गरिएको छ । यता पारिजातको “शिरीष को फूल” बाट उठाईएकी ‘सकम्बरी’को भाग दुई ‘अजम्बरी’ आउने रे, त्यहा पनि अर्को आशामा दर्शक बाच्नु पर्ने भयो ।

हरेक पटक उनका गीत आउछन कहि न कतै चोरिएका र प्रभावित भएका नै हुन्छन । अहिले पनि हेरौ ‘सकम्बरी’ पात्र झिकेर ल्याउदा उनले सर्जकलाई क्रेडिट दिन जरुरी सोचेनन । अझ अब त ‘बोल माया’ दुई बनाउने कुरा आउन थालेको छ, यो भिडियोमा पनि कुन सर्जकको कृति माथी उनले आँखा लगाउने हुन पत्तो छैन ।
‘पीर दियौ’मा होस चाहे ‘बोल माया’ र ‘सकम्बरी’ नै प्रकाशका सिर्जनामा महिलालाई “निरिह” बनाउन हर सम्भव प्रयास गरिएको हुन्छ यश बाहेकका सिर्जना हेर्दा कही न कतै आँसु बेचिएकै छ । उनी यस्ता बिषय रोज्छन कि जसले गर्दा विवाद सिर्जना होस र सोही अनुरुप स्कृप्ट बनाउदै भिडियो बनाउछन । उनलाई अरुको आँसु संग खेल्न र भाइरल कन्टेन्ट खोज्न जो कोहीले भेट्दैन ।
यसरी हेर्दा सपुतको अधुरो बानी, बिवादित कन्टेन्ट र प्रभावित भएको भन्दै गरिने चोरी आरोपले छोडेको छैन । भेल बन्ने होडमा रहेका सपुतले आगामी सिर्जनामा मेहनत गर्दै बिषयबस्तु परिवर्तन गर्न नसके उनी स्वयम बाढीमा बग्ने स्थिति नआउला भन्न सकिँदैन ।