Sur Cinema

Edit Content

ताजा अपडेट

निर्माता ज्यु सिनेमामा अरु केही थिएन देखाउन ?

काठमाडौं
सन्सारमा सबैभन्दा धेरै बिक्ने सेक्स र ट्राभल भन्ने गरिन्छ । त्यसैलाई आधार मानेर होला यी र यस्ता बिषय सिनेमामा घुसाइन्छ र देखाइन्छ । अब यस्ता बिषयले दर्शकको मन कति जित्छ त्यो त यस्तो फण्डा फैलाउने मेकर र मिडियालाई नै थाहा होला ।

यस्तै घटना घटेको छ आजबाट हलमा लागेको सिनेमा “बहाब” मा । अचानक बुधबार प्रिमियर गरिएको सिनेमाको बिहिबार साझ एउटा समाचारको बाढी आयो । हाल सम्म कै लामो अठार सेकेन्डको चुम्बन भन्दै रेकर्ड ब्रेक गरेको झै गरि खबर बनाइयो । सिनेमाको प्रिमियर बुधबार गरियो । उक्त दिन नभएर बिहिबार समय, दिन, बार पर्खिदै शुक्रबार रिलिजको समय नजिकिदै गर्दा यो खबर सार्वजनिक भयो । यसो हेर्दा यो सिनेमा चलाउने अस्वस्थ फण्डा झै देखिएको छ ।

यो सिनेमाका निर्माता आफै पनि पत्रकार हुन । उनले मनोरन्जन क्षेत्रकै समाचार आउने गरि को अनलाईन पत्रीका चलाएका छन । यसरी हेर्दा उनको पहुच अन्य मिडियामा पनि देखिन्छ नै । यसैको प्रभाव हुनपर्छ उनले आफ्नो सिनेमा चलाउन चुम्बनको दृश्यलाई हाइलाईट गर्ने गरि समाचार फैलाउन सन्चारकर्मी संग सहयोग मागेका ।

सुरक्षा पन्त र प्रमोद श्रेष्ठको चुम्बन दृश्यलाई हाइलाइट गर्दा दर्शक उत्सुक हुने नै भए । किनकी स्वच्छ छवि भन्दै सुरक्षा पन्तलाई मेकर्सले रोमान्टिक सिनका लागि स्विकार्न सकेका थिएनन । तर उनै “सोझो” छवि बनाएकि नायिकाको किस सिनले बबाल गर्ने पक्कै थियो ।
यो क्ल्यास गर्न मेकर श्रीधर पौडेलले छोडेनन र हलमा खिचिएको नै नलाग्ने छायांकनको झै क्वालिटीको लिपलक दृश्यलाई सन्चार माध्यममा बाढियो र अन्य बिषय ओझेल पार्दै दर्शक हलमा ल्याउने फण्डा बनाइयो यो बाहेक केही छैन त सिनेमामा ?

सुरक्षा आफैले जनरा छुटिन नसक्ने सिनेमाको भिडमा बहाबले “मेथड एक्ट” छुन छुन खोजेको छ भनेकी छन । सुगालाई सिनेमाको मुख्य पात्रको मनोदसासंग जोड्ने प्रयास पनि गरिएको छ । पहिला झै सुरक्षाले चरित्रमा आउन गरेको मेहनतको त के कुरा गर्नु र ।
तर यसका बावजुद समाचार सुरक्षाको बैवाहिक सम्बन्ध अन्त्य सम्म पुगेर आएका छन । उनले श्रीमानलाई उक्त सिनको बारे बताइन बताइनन देखि सम्बन्ध धरापमा परेको सम्म भन्न भ्याएका छन ।
तर यी सब छोडेर निर्माता भने चुम्बनको सेकेण्ड गन्दै फण्डा बनाउनमा ब्यस्त देखिएका छन । यो सिनेमामा बेच्नलाई अरु केही भेट्नु भएन र निर्माता ज्यु ?

तस्बिर: महम्मद जालिम