Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘बहाव’ आजबाट हलमा

काठमाडौं : अभिनेत्री सुरक्षा पन्त स्टारर सिनेमा ‘बहाव’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। सिनेमालाई मल्टिपिलेक्समा त्यति राम्रो शो दिइएको छैन। यद्यपि, यो सिनेमाले दर्शक हलमा तान्न सके शो बढ्ने निश्चित छ।

सिनेमालाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको थियो। नेतादेखि कलाकारहरु प्रिमियरमा सहभागी थिए। सबैले सिनेमाको विषयवस्तु अब्बल रहेको प्रतिक्रिया दिएका थिए।

सिनेमामा प्रेम, विद्रोह र बदलाको क्यारेक्टर सुरक्षाले निर्वाह गरेकी छिन्। प्रमोद कँडेलले यो सिनेमालाई निर्देशन गरेका हुन्। सिनेमामा सुरक्षाका अलावा कमलमणी नेपाल, अफ्रान अलि, सुर्य शर्मा भट्ट लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

स्वर्णिम इन्टरटेन्मेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको यस् सिनेमामा प्रमोद कँडेलकै कथा र लेखन रहेको छ। सिनेमालाई कात्तिले स्मिता कर्णतकले खिचेका हुन्।भने, सुजन बादलले सम्पादन गरेका छन् ।

सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पोस्टर आउट भएसँगै एक खालको चर्चा बटुलेको यो सिनेमाको चर्चा टिजर र ट्रेलर रिलिजपछि झन् चुलिएको थियो।

हाल यो सिनेमाको ‘खैनी होइन चुरोट’ बोलको डायलग सामाजिक संजाल टिकटक लगायतका निकै भाइरल छ। धेरैले यो डायलग रुचाएका छन्।

तर सिनेमालाई कत्तिको रुचाउने हुन् त्यो त केही दिनमै थाहा भइहाल्छ। यो सिनेमासँगै एउटै मितिमा अर्को सिनेमा ‘प्रसाद २’ पनि प्रदर्शनमा आउने भएको थियो। तर निर्माण टिमबीचको विवादले ‘प्रसाद २’को प्रदर्शन रोकिएको छ।

जसले गर्दा ‘बहाव’लाई राम्रो फाइदा मिलेको छ। यतिबेला ‘बहाव’ सोलो रिलिजमा छ। सोलो रिलिज पाउँदा पनि यो सिनेमाले हलमा दर्शकको कत्तिको बहाव ल्याउला भन्ने कौतुहलता सबैमा छ।