Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘परदेशी २’ लाई सकस !

काठमाडौं : त्यसो त निर्देशक नारायण रायमाझी गीत सङ्गितमा पनि राम्रो दख्खल राख्ने सृजनाकारमा गनिन्छन ।अझै पनि उनका कर्णप्रीय भाकाहरु घन्किरहेका हुन्छन ।

मीठो बोल्छन,हसिला छन, जो सङ्ग पनि प्रीय भैहाल्छन । त्यही छवि आज यिनलाइ गलपासो भएको महसुश भएको छ । परदेशीको अर्गानिक सफलताले हौसाएको यिनलाइ यसको सिक्वेल मा दिल गयो र बन्यो “परदेशी २”।

सम्भवत: कोभिड अघि नै तयार भएको “परदेशी २”ले तत्कालै प्रदर्शनको मौका पाको भए सायद अघिल्लो सिनेमाको ब्याज मज्जा सङ्ग संकलन गर्न पाउथ्यो ।

बजारमा आफ्नो बलियो उपस्थिती देखाउनकै लागि भए पनि जाने मानेका कलाकार प्रकाश सपुतलाई केन्द्रिय पात्रमा राखेर तयार गरिएको “परदेशी २” ले जसो तसो प्रदर्शन मिति तय गर्यो: २०७८ साल को बिजया दशमी , बितवरक कम्पनी थियो एफ डि !
तर ठुला ब्यानर भनिएको सिनेमाहरु आएका कारणले पुन: पाँच महिना पर सारियो ।

डरले हो या करले उनै जानुन। येन केन फाल्गुनमा चलाउने भनिएको उक्त सिनेमा छक्का पन्जा ४ र छड्के आउने भएपछि अलमल्ल पर्यो र केही समय सुन्यमा रह्यो कान बजे झै गरि । तर छक्का पन्जा ४ सङ्गै अनमोल को अनुहार देखाएर बोरा लिएर बसेकाहरु यसरी रित्तो भए कि त्यो जगजाहेर नै छ।

यता जब नारायण रायमाझीको कान बज्न बन्द भयो अनि “परदेशी २” को प्रदर्शन मिति तय गरियो २०८० को बिजया दशमीमा। जहाँ भष्मे डन खरानी घसेर बसि सकेको छ । “परदेशी २”, आफ्नै बिबेक ले हो या बितरक कम्पनी को चलाखिले हो लत्रेर कहाँ पुग्ने हो कसैलाइ पत्तो छैन । कामना गरौ आउने दशैमा “परदेशी २” को बिजय हुनेछ ।