Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘चित्रा’को निर्माण घोषणा, अर्पण र सन्तोषको मुख्य भुमिका

काठमाडौं : घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘चित्रा’को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा सिनेमाको कास्ट एण्ड क्रिउ घोषणा गरिएकोे हो ।

आगामी भदौबाट छायांकनमा जाने सिनेमामा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका सिनेमा निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।