Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पूजा शर्मालाई रेखा थापा जस्तै बन्ने रहर

काठमाडौं :
नेपाली सिनेमामा पछिल्लो समय विभिन्न कारणले चर्चामा छाइरहने अभिनेत्री हुन् पूजा शर्मा । कहिले आफ्नै बोलीका कारण चर्चामा हुन्छिन् त कहिले बलात्कार आरोप लागेका पल शाहलाई निर्दोष भन्ने भनाई कारण। उनलाई सिनेमामा अभिनय भन्दा बाहिरि कुराले चर्चामा ओकल्ने गर्छ ।
केहि सिनेमा असफल बनेपछि मौन बसेकी पूजा शर्मा निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ सिनेमामा अनुबन्धित भएकी छन्। नाम नजुराइएको सिनेमामा पूजाका अलवा रेखा थापा र आँचल शर्माले एकसाथ अभिनय गर्दैछन्। यहिबीचमा अभिनेत्री पूजाले निर्देशक देउजा र अभिनेत्री थापाको बयान गरेकी छन्।
उनले निर्देशक देउजा निर्देशक मात्र नभएर व्यवहारमा पनि आफुलाई प्रभावित पार्ने मान्छे रहेको उल्लेख गरेकी छन्। उनले आफुसँगै रेखा दिदी सिनेमा खेल्ने अवसर पाउँदा आफुलाई सपना जस्तो लागेको बताएकी छन्।
‘सिनेमाका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनको मात्र होइन, उहाँको व्यवहारले पनि मलाई सधै प्रभावित बनाएको थियो । प्रिय, ज्ञानेन्द्र दाइको निर्देशनमा रेखा दिदीसँग एउटै पर्दामा देखिनु मेरा लागि कही कतै सपना नै हो कि जस्तो पनि लाग्दैछ।’उनले लेखेकी छन्,‘तर, सिने क्षेत्रमा आएर केही सिनेमा गर्दै गर्दा दर्शकले मलाई अथाहा प्रेम दिनुभएको छ । तर, यो सिनेमा मेरा लागि सधै बिशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न  चाहान्छु’

पूजाले रेखा थापाले सिनेमामा नाचेको ‘मैले त्यहि भएर मन पराको’को गीतमा नाचेको देख्दा आफुलाई त्यस्तै बन्ने रहर लागेको बताएकी छन्। रेखाले सिनेमामा अन्याय विरुद्द र समालका खलपात्रसँग लड्दाको सिनले रेखा जस्तै बन्ने रहर लागेको उल्लेख गरेकी छन्।
उनले  अगाडी लेखेकी छन्,‘पर्दामा प्रिय रेखा थापा दिदीले ‘मैले त्यही भएर मन पराको’ भनेर नृत्य गर्दै गर्दा होस् या अन्यायको विरुद्धमा समाजका खलपात्रहरुसँग लड्दै गर्दा मलाई पनि उहाँ जस्तै बन्ने रहर थियो । यस्तै यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु । रेखा दिदीको साथमा नयाँ सिनेमामा काम गर्दै गर्दा धेरै कुरा सिक्नेछु भन्ने लागेको छ ।’
यस सिनेमामा अभिनेत्री आँचल शर्माको कुरा भने लेखेकी छैनन्। उनीहरुबीचको बेला बेलाको मनमुटाबका कारण सायद आँचलको बारेमा पूजाले नलेखेको हुनुपर्छ।