Sur Cinema

Edit Content

ताजा अपडेट

‘नाईं नभन्नू ल ६’ को पहिलो गीत रिलिज

काठमाडौं : आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ।

निर्माण टिमले सोमबार ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो। गीतमा शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको छ। गीतको शब्द विकाशराज आचार्यले लेखेका हुन् भने संगीत शरद शंकरको रहेको छ।

गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्री फिचर्ड छन् । भिडियो हेर्दा सिनेमा भित्र आँचलको गीत गाउने सपना रहेको बुझ्न सकिन्छ। आशिर्वाद गायक भएको र आँचल उनको प्रेममा परेको सजिलै अनुमान लगाउन सकिन्छ भिडियोबाट।

किनकी एक रेष्टुरेन्टमा गीत गाउँदै गर्दा आशिर्वादले आँचललाई अगाडि बोलाएर गीत गाउन लगाएका छन् यो भिडियोमा। त्यसो त, भिडियोमा आँचल र आशिर्वादको जोडी पनि गजब देखिएको छ ।

सिनेमामा विकाश आचार्यको निर्माण र निर्देशन रहेकोछ। बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई सिनेमामा समावेश गरिएको बताइएको छ।

सिनेमाको कथा एवम् पटकथा लेखनमा भने निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन् । सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

आख्यान फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको यस् चलचित्रमा आँचल र आशिर्वादका अलावा
सिनेमामा अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना लगायतको समेत प्रमुख भुमिका रहेको छ।