Sur Cinema

Edit Content

ताजा अपडेट

ओइलिएका पुष्प ।

काठमाडौं
आँखा भरी ठूलो सपना बोकेर सुदुरपश्चिम बाट राजधानी हानिएका एक होनहार र मिहेनती कलाकार पुष्प खड्का  लाई शिव परियार को “पिलायो साथिले” गीत ले परिचय दिए पनि आलोक नेम्बाङले काचको पर्दामा पेस्ट गरेका थिए । पछि उनैको हात समाएर “अझै पनि” मा देखिए पनी उनको प्रमुख भुमिका चाहिँ दिग्गज र सफल निर्देशक तुलसी घिमिरेको सिक्वेल सिनेमा “दर्पण छाया” मा देखीयो तर अफसोच…..।
पहिलो र प्रमुख भुमिका भएको सिनेमा नै असफल भए पछि सायद उनलाइ पिर पर्यो होला त्यो स्वभाबिक थियो। १२ सिनेमा असफल दिएका अमिताभ बच्चन लाइ “जन्जिर” ले दिएको उचाइ  उसबेला  पुष्पको दिमाखमा रहनु पर्छ कि   “एउटा सिनेमा असफल भयो अब  अर्कोमा मिहेनत गर्छु।”
उनको सोच मात्रै हैन, करियर मै सन्जिवनी बुटि बनेर आइ दियो  सिनेमा “मङ्गलम” । कलाकार छनोट मा तत्काल को समयमा अब्बल निर्माता छविराज ओझा ले नवल नेपाल को प्रस्ताव लाई सहर्ष स्विकार गरे र केन्द्रीय भुमिका मा बसे पुष्प । पुष्प को ग्रह यति बलियो बनेर आयो कि उनको पहिलो केन्द्रीय  भुमिका रहेको  “दर्पणछाँया२” असफल हुदा पनि मङ्गलम मा भित्रीएका थिए, नत्र हाम्रा मेकरको मनोबिज्ञान लाई बुझ्दै जाने हो भने  धेरै सोच्ने ठाउँ पाइन्छ। यो कुरा पुष्पले पनि महसुस गरेका थिए होलान ।

अब्बल र सुझबुझ मेकरको हातेमालो अनि आफ्नो तर्फ बाट उल्लेख्य मिहेनत गरेका पुष्पले सायदै सोचेका थिए होलान त्यही “मङ्गलम” को “दिपक” चरित्रले उनलाइ राष्ट्रपती निवास सम्म लैजान्छ र राष्ट्र कै उच्च सिने अवार्ड  उनको हातमा पर्छ। अब के चाहियो?हिजो भासिन लागेको  सपना लाइ “मङ्गलम” ले यसरी उचालिदियो  अभिनयमा अब्बल भएकै कारण सिनेमाका गन्य अभिनेताको लहरमा उनी  उभिन पुगे।।उनको बाटो अबका लागि मङ्गल बन्यो।
तर त्यसपछी पनि  “दालभात तरकारी” पानी को फोका झै फुल्यो अनि सेलायो।  फेरि नवल कै हात समातेर “मारुनी” मा जोडिए। पहिलो उनले काम गरेको सिनेमा  “अझै पनि” कि निर्मात्री पुनम गौतम कै निर्माण रहेकाले पनि पुष्प को आत्म बिश्वास अझ बलियो हुनुपर्छ   त्यस्मा  !  तर  हट्केक नायिका साम्राज्ञि  को  केन्द्रीय  भुमिका भएकोले पनि  “मङ्गलम” को जस्तो गर्विलो उपस्थिती देखाउन सकेनन उनले “मारुनी” मा ।फलत: उनी छाया मा परे अनि  जस जति साम्राज्ञि को पोल्टामा गयो।

सफलता र असफलता  जिवनका  पर्यबाचि हुन, जस्ले जिवनयात्रा  लाई सन्तुलित तुल्याउदछ। तर जब असफलताले, सफलतालाइ सेप मा राख्छ अनि  गतिला ठानिएका  कतिपय  निर्णयहरु  छाँया मा पर्दछन । पुष्प को हकमा ठ्याक्कै त्यही भइ दियो । हात मा आएका सिनेमाहरु जती  उनले  धमाधम साइन गर्दै गए,। फलत  क्रमस: दिपक ओलिको “कृष्ण लिला”  रमेश एम के पौडेलको “तिम्रो मेरो साथ” र कैलास राईको “मन सङ्ग मन” लगातर असफल भैदिए।
“मङ्गलम” को ब्याज स्वरुप सिनेमा सङ्गै म्युजिक भिडियो लाई पनि सङ्गै लगेका पुष्प  को करियरको ग्राफ यसरी ओरालो झर्यो , उनले सोच्न समेत भ्याएनन या सोच्न चाहेनन,  प्रतिष्ठा र पैसा दुबैलाई सङ्गै लैजान जुन मिहेनत गर्नु पर्थ्यो सायद त्यति ले पुग्दैन थियो । फलत बर्षमा सिने नगरिलाइ  दुइ या तीन सिनेमा दिइ रहेको उनका  हातहरु आज  लगभग शून्य छन । यदा कदा केही सिनेमामा जोडिएको चर्चा त सुनिन्छ तर  ती सिनेमा धेरै समय देखि नेपथ्यमै गुम्सिएका छन।

जिवनलाइ गति दिन भिडियोको सहारा लिइ रहेको उनको हातमा त्यही भिडियो ले पनि लुकामारी खेली रहेको अवस्था छ। प्रतिस्पर्धात्मक समयमा,  उनलाइ चेत हुनपर्छ केही समय एक छत्र भिडियोमा राज गरिरहेका पुष्प लाई अब अझै चुनौती खडा हुने देखिन्छ। समयले त्यही आभाष गराउदछ। आँखामा सल्बलाएका ती कलिला सपनालाइ पूरा गर्न जुनसुकै मिहेनत पनि गर्न पछि नपर्ने पुष्प लाई आउने दिन कठिन देखिन्छ सिनेमाका लागि। समय नघर्किदै आत्म समिक्षा सहितको अबको यात्रा तय गर्दा कम हानी होला कि। आउने दिन मङ्गलम रहोस पुष्प को।