काठमाडौं :
नेपाली सिनेमामा छविराज ओझालाई बाघ निर्माता भन्ने गरिन्थ्यो/गरिन्छ। उनले निर्माण गरेका अधिकांश सिनेमा सफल भएका छन्। उनले थुप्रै कलाकारलाई समेत सिने पर्दा मा जन्माएका छन्। पछिल्लो समय सिनेमा ‘मंगलम्’ बनाए। ब्यबसायिक र समीक्षा का हिसाबले सिनेमा अब्बल रह्यो। त्यसपछि उनको तत्कालिन श्रीमती शिल्पा पोखरेलसँग झगडा परेपछि त्यसयता सिनेमा बनाएका छैनन् ।
बरु बेला बेलामा सिनेमा बनाउन लागेको हल्ला चाहिँ चलाइ रहन्छन चाहे त्यो दिपक शर्मा ले सङ्गीत गरेका गित लाई आधार मान्ने हो या त लोकेसन मै गएर स्थानिय मिडिया मा दिएको अन्तर्वार्ता नै किन नहोस।त्यस किसिमको हल्ला करिव ४ वर्षपछि पनि उस्तै रहेको छ।
शिल्पासँगको डिभोर्सपछि निर्माता छविले नारी प्रधान सिनेमा निमार्ण गर्न लागेको भन्दै कहिले हिरो खोज्दै हिडे भने कहिले हिरोइन्। उनले यसका लागि कति मिटिङ बसे-बसे । कति त कलाकार को अडिसन पनि लिए।
उनले केहि वर्ष अघि कान्तिपुर एकेडेमी संग सहकार्यमा सिनेमा बनाउने उदघोष समेत गरे। त्यो उदघोष मात्र भयो र हल्ला हल्लैमा त्यो पनि सेलायो ।

यति बेला उनी निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ सिनेमा बनाउने तयारीमा लागेका छन्। पुर्वश्रीमती समेत रहेकी रेखा थापालाई लिएर सिनेमा बनाउन लागेका भन्ने हल्ला बजारमा सर्वबितितै छ । निर्देशक देउजाको पछिल्लो सिनेमा ‘झिँगेदाउ’को प्रेस सोमा भिमनिधि तिवारीको पुस्तक पछाडी ‘जेलब्रेकर’ बनाउने भन्ने लेखिएको थियो ।

त्यो पनि त्यतिकै रोकियो। यो सिनेमा किन बनेन भन्ने बारेमा केहि चर्चा भयो तर,यसकै कारण नबनेको हो भन्ने बारेमा चर्चा चलेन। उनी त्यतिमा पनि चर्चामा नै आएका थिए। त्यसपछि अनटाइटल प्रोजेक्टमा २/३ वटा सिनेमाको कुराकानीमा अगाडी बढे । तर, त्यो पनि ठप्प नै भयो। यसरी सिनेमा बनाउने हल्ला फिँजाउदै हिडेका छविले फेरि नयाँ सिनेमाको हल्ला मच्चाएर अर्को साल मात्रै सिनेमा बनाउने हुन् कि। कतै छविलाई चर्चाको भोक जागेको हो कि ? यो कुरा कि त उनैलाई थाहा छ कि त जुनैलाई थाहा छ। उनले ज्ञानेन्द्रसँग मिलेर नयाँ सिनेमा बनाउने सल्लाह चलिरहेको छ। के अब साँच्चै सिनेमा बन्छ त छवि बा ?