Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सतिदेवी’का लागि ‘भवानी’को खोजी

काठमाडौं
सिनेमा ‘सती देवी’ टिमले नायिकाको खोजी गरिरहेको छ ।`भवानी´ नामक एक प्रमुख भूमिकाका लागि महिला कलाकार आवश्यक भएको भन्दै निर्माण टिमले अडिसन आव्हान गरेको हो । २१ देखि २५बर्ष उमेर समुहकी जो कोही युवतीले सम्पर्क गर्न सक्ने सिनेमाका निर्देशक लक्ष्मण सुबेदीले बताएका छन ।

प्रारम्भीक छनौटमा परेका मध्यबाट कम्पनीले सम्पर्क गरि अडिसन लिने र अडिसन मार्फत छनौट भएकी प्रतिभालाई वर्कसपमा सामेल गराइने समेत उनले जानकारी गराए ।

सिनेमामा यस अघि नै नायिका मलिका महत अनुबन्धित भैसकेकी छिन् ।  सिनेमामा सुवेदिकै निर्देशन , कथा ,पटकथा तथा संवाद छ भने गीतकार पनि उनी नै हुन् ।

फागुन अन्तिमबाट छायांकन सुरु हुन लागेको सिनेमामा भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटाको पनि अभिनय रहनेछ । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा यो सिनेमा बन्न लागेको हो । सिनेमामा बालकलाकारको रुपमा हर्षिका वली पनि अनुबन्धीत भइसकेकी छिन् ।