Sur Cinema

Edit Content

ताजा अपडेट

‘ज्याकी: आई एम ट्वान्टी वान’मा धिरज डान्सर कि आर्मी

काठमाडौं
रेनशा वान्तवा राईद्वारा निर्देशित सिनेमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ को दुइ नयाँ पोस्टर सार्वजनिक भएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ केन्द्रिय भूमिकामा रहेका छन् । शुक्रबार सार्वजनिक दुई नयाँ पोस्टरमा अभिनेता धिरज मगरलाई मात्र स्थान दिइएको छ ।

पोस्टरमा सिसा अघि उभिएका धिरजलाई फरक फरक भुमिकामा देख्न सकिन्छ । उनी एकपट्टी डान्सर अवतार र अर्कोपट्टी ब्रिटिस आर्मीको पोशाकमा देखिएका छन् । यो नेपालमा पहिलो पटक नृत्यको विषयमाथि निर्माण भएको सिनेमा हो । आईकोर फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले लगानी गरेका छन् । रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत रहेको यस सिनेमामा सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।