काठमाडौं
कलाकार भेटेको समय अङ्कमाल र चुम्बनमा रमाउछन । अझ क्यामेरा अघि त ओहो ! कति माया कती मेलमिलाप । तर जब वास्तविक सहयोगको समय आउँछ कोही कसैको लागि खडा भएको देखिदैन । केही दिन अघि सिनेमा “फूलबारी” को सेलिब्रेटी शो थियो । तर सेलिब्रेटीको रुपमा प्रियंका कार्की र उनकी सेलिब्रेटी बैंकर सासू रविना देशराज मात्रै थिए । त्यहा अन्य कोही सेलिब्रेटीको त के कुरा सिनेमाका टिम कै मुख्य कलाकार समेत उपस्थित थिएनन ।
बिपिन कार्की छायांकनका लागि बाहिर रहेछन । अन्य कलाकारको ब्यस्तता भने उनीहरु स्वयम् नै जानुन । कार्कीलाई आफ्नो परिवार र काम बाहेक अरु कसैको मतलब छैन । भेट हुदा अङ्कमाल र चुम्बन भने भब्य नै हुन्छ उनको । उनलाई अन्य सिनेमाका प्रीमियर तथा सेलिब्रेटी शोमा बिरलै देखिन्छ ।
आफ्ना सिनेमाको प्रमोसनमा भने खुलेर लाग्ने उनी अरु कसैको सिनेमालाई साथ दिदै गरेको देखिन्नन । यसको असर कही न कही त पर्नु नै थियो । फूलबारीको प्रीमियरमा उनी एक्लिइन । त्यसो त पुरै परिवार नातागोता बोकेर आएकी उनलाई एक्लो महसुस त भएन होला । तर एक्लिन चै उनी एक्लै नि भएकी हुन ।