Sur Cinema

Edit Content

ताजा अपडेट

कमेडी र राजनीति समेटिएको ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज

काठमाडौं : आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको सिनेमा ‘छक्का पन्जा ४’को ट्रेलर रिलिज गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानाबाट शुक्रबार ट्रेलर रिलिज गरिएको हो।

सार्वजनिक ३ मिनेट २१ सेकेन्डको ट्रेलरमा कमेडी, राजनीति, समसामयिक विषयवस्तुलाई देखाइएको छ। दिपकराज गिरी, केदार घिमिरे, बेनिशा पौडेल लगायतका कलाकारहरु ट्रेलरमा अटाएका छन् ।

आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन् । दिपकराज गिरी सिनेमामा कथा र लेखन रहेको छ।

सिनेमाको कार्यकारी निर्मातामा केदार घिमिरे र निर्मल शर्मा रहेका छन् । त्यस्तै, दिपेन्द्र खानिया र केशव न्यौपाने निर्मातामा रहेका छन् ।

सिनेमामा दिपकराज गिरी, दिपाश्री निरौला, बेनिशा हमाल, राज आचार्य, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ।