Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘फूलबारी’ आजबाट हलमा

काठमाडौं : रामबाबु गुरुङ निर्देशित निकै प्रतीक्षा गरिएको सिनेमा ‘फूलबारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। अब दर्शकले नजिकको हलमा गएर सिनेमा हेर्न सक्नेछन्।

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको यस् सिनेमामा कमल किशोर मुलपानीको कथा रहेको छ भने उपेन्द्र सुब्बाको लेखन रहेको छ।

एउटा परिवारमा आउने उतारचढावको कथामा यो सिनेमा आधारित रहेको छ। विपिन कार्की, दयाहाङ राई, अरुना कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारहरुको यस् सिनेमामाअभिनय रहेको छ।