Sur Cinema

Edit Content

ताजा अपडेट

‘मनसँग मन’हेरेपछि पूजाले गरिन पुष्प र वर्षाको तारिफ

काठमाडौं :
अभिनेत्री पुजा शर्मालाई कतिपय निर्माता तथा निर्देशकले अहिलेकी सर्वाधिक दर्शक तान्न सक्ने हिरोइनको रुपमा लिने गरेका छन् । तर,आजबाट देशभरका हलमा रिलिज भएको सिनेमा ‘मनसँग मन’मा उनले एउटा गीतमा नाचेकी छन् ।

अभिनेता पल शाहको जोडीका रुपमा यस सिनेमाको गीतमा उनको विशेष भुमिका रहेको छ । निर्माण टिमले आजबाट रिलिज भएको सिनेमा ‘मनसँग मन’ हेर्नका लागि नयाँ बानेश्वरमा रहेको वान सिनेमाज्मा पत्रकार तथा कलाकारलाई निम्तो गरिएको थियो । यसमा आफैले नाचेको सिनेमा हेर्न पुगेकी थिइन् नायिका पूजा शर्मा ।
हलका पछाडी बसेका अधिकांशले सिनेमाको बारेमा भन्दा पनि कलाकारको अभिनयलाई लिएर आलोचना गरिरहेका थिए ।  तर, अभिनेत्री शर्माले भने अभिनेता पुष्प खड्का, वर्षा सिवाकोटीको प्रशंशा गरिन् । उनले वर्षा र पुष्पले आफ्नो भूमिकालाई सशक्त रुपमा निर्वाहा गरेको भन्दै वर्षा र पुष्पको नाक बढाउने काम गरिन् । यस सिनेमालाई कैलाश राइले निर्देशन गरेका हुन् भने अरुण तामाङले लगानी गरेको सिनेमा हो ।