Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘बुलाकी’ टिजर : ग्रामीण भेगकी दुखी सुरक्षा

काठमाडौं : जीवन्त क्यारेक्टरबाट दर्शकको मन जित्न सफल अभिनेत्री हुन् सुरक्षा पन्त। थोरै सिनेमा खेल्ने तर गुणात्मक सिनेमा खेल्ने विशेषता बोकेकी सुरक्षा अभिनित सिनेमा ‘बुलाकी’को टिजर रिलिज गरिएको छ।

शुक्रबार रिलिज २ मिनेट ५ सेकेन्डको टिजरमा सुरक्षालाई दुखी एवम् पीडित ग्रामीण भेगकी महिलाको भुमिकामा देख्न सकिन्छ। बच्चा जन्माउन नसक्दा श्रीमानको घृणित व्यवहार सहेर पीडा लुकाएर घरधन्दा धानेको क्यारेक्टरमा सुरक्षालाई देखाइएको छ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो सिनेमा आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ। सुरक्षाका अलवा नरेन खड्का, बिराज बिष्ट लगायतका कलाकारहरुको सिनेमामा मुख्य भूमिका रहेको छ ।

कर्णालीको विकट गाउँको कथा रहेको सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सिनेमामा राज बहादुर सानेको कथा रहेको छ। सिनेमाको पटकथा एवम् संवाद राजबहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र बिराज बिष्टले संयुक्त रुपमा मिलेर लेखेका हुन् ।

यो सिनेमालाई शिव ढकालले खिचेका हुन् । अर्जुन जिसी र लक्ष्मण सुनारले सिनेमाको सम्पादन गरेका छन् । पोस्टरबाटै एक खालको चर्चा बटुलेको यो सिनेमाले दर्शकको कस्तो साथ पाउने हो त्यो त रिलिजपछि नै थाहा होला।