Sur Cinema

Edit Content

ताजा अपडेट

‘जुन टिपी दिउँकी’मा अस्मिता र महेशको प्रेमिल जोडी

काठमाडौं : यतिबेला युवायुवतीहरु भ्यालेन्टाइन सप्ताहमा रमाइरहेका छन् । भ्यालेन्टाइनलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु समेत आयोजना हुँदैछन् नेपालमा।

त्यसो त, भ्यालेन्टाइनलाई लक्षित गर्दै गायक गायिकाहरुले गीतहरू समेत रिलिज गरिरहेका छन् । यसैबीच, भ्यालेन्टाइनलाई लक्षित गर्दै गायक एवम् सर्जक महेश काफ्लेले पनि एउटा नयाँ गीत रिलिज गरेका छन् ।

शुक्रबार ‘जुन टिपी दिउँकी’ बोलको प्रेमिल गीत महेशले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । गीतमा महेशसँगै लोकप्रिय गायिका अस्मिता अधिकारीको मेलोडियस आवाज रहेको छ।

गीतमा काफ्लेकै शब्द अनि संगीत रहेको छ। गीतको अडियोमा जस्तै भिडियोमा पनि महेश र अस्मितासँगै फिचर्ड छन् ।

प्रेमिल एवम् रोमान्टिक अवतारमा महेश र अस्मितालाई भिडियोमा देख्न सकिन्छ। एक प्रेमिल जोडीले गाडीको यात्रामा रहेको बेला व्यक्त गरिएको प्रेम भावलाई भिडियोमा देखाइएको छ।

विवेक रसाइलीले भिडियोको निर्देशन गरेका हुन् ।सौरभ लामिछानेले आकर्षक फ्रेममा भिडियो खिचेका हुन् भने सौरभले नै सम्पादन गरेका हुन् ।