काठमाडौं : बहुप्रतिक्षित सिनेमा ‘ह्यारी कि प्यारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र कलाकार जितु नेपालको मुख्य भुमिका रहेको सिनेमालाई सिङ्गल तथा मल्टिप्लेक्समा राम्रो शो दिइएको छ।
कमेडी जनरामा आधारित यस् सिनेमाले आक्रमक ओपनिङ गर्ने आँकलन गरिएको छ। सिनेमामा कपिल रिजालको कथा तथा निर्देशन रहेको छ।
बीआर प्रोडक्शनको प्रस्तुतिमा तयार भएको सिनेमामा बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लिराम खनाल लगायतको अभिनय छ ।
सिनेमामा नायिका रेखा थापालाई विशेष भूमिकामा देख्न सकिनेछ। सुदिप बराल, गिरिराज घिमिरे, कपिल रिजाल र अभिमन्यू निरवीको पटकथा तथा संवाद सिनेमालाई सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।