Sur Cinema

Edit Content

ताजा अपडेट

‘गुञ्जन’ सफल हुनेमा कबिरको विश्वास

काठमाडौं :
सिनेमा ‘लम्फू’बाट उदय भएका अभिनेता हुन् कबीर खड्का । पहिलो सिनेमा नै असफल बन्न पुग्यो तर,उनको अभिनय र लुक्सको चर्चाले व्यापकता पायो । पहिलो सिनेमाबाट नै चर्चामा रहेका कबिरलाई द्धन्द निर्देशक अष्टमान महर्जनले आफु निर्देशित सिनेमा ‘गुञ्जन’मा अभिनय गराए ।
उनको दोस्रो सिनेमा ‘गुञ्जन’ बाट सफल हुने कुरामा आशावादी देखिएका छन् । पहिलो सिनेमामा सिकेका कुरालाई उनले दोस्रो सिनेमामा भरपुर सदुपयोग गरेको बताउँछन् । उनको तेस्रो सिनेमाको रुपमा ‘लण्डन टू पेरिस’ रहेको हो । जसमध्ये ‘गुञ्जन’ भोली शुक्रबार अर्थात पुष २९ गते बाट प्रदर्शन हुँदैछ ।

मंगलबार अनामनगरमा भेटिएका कबिरले सिनेमा निकै राम्रो बनेको र दर्शकमाझ आफु परिचित हुने कुरामा विश्वस्त रहेको सुनाए। उनले भने,‘सिनेमामा नेगेटिभ भुमिकामा प्रस्तुत गरिए पनि दर्शकले आफुलाई राम्रो मानिदिनुहुछ भन्ने विश्वास छ ।’उनले यो सिनेमामा आफुले गरेको २ वर्षको मिहिनेतलाई प्रस्तुत गर्न लागेको बताए ।
उनका अनुसार गुन्जन आफुले चान्स पाउनु पनि सिनेमा ‘लम्फू’को हात रहेको बताए । त्यो सिनेमामा आफुले काम गर्दै जाँदा द्वन्द्व निर्देशक अष्टमान महर्जन (निर्देशक) ले त्यसमा कबीरको कामबाट प्रभावित भएर ‘गुञ्जन’मा लिएको उनको भनाई छ ।

ट्रेलरमा उनको अभिनयलाई दर्शकले मन पराएका पनि छन् । उनको अभिनय र लुक्सका कारण यो सिनेमामा दर्शक बढ्ने अपेक्षा समेत गरिएको छ । सिनेमा सफल बनोस् यहि छ हाम्रो तर्फबाट शुभकामना ।