Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सबैका लागि खास “तिम्रो मेरो साथ”

काठमाडौं ।
निर्देशनमा डेब्यु गरेका रमेश एमके पौडेल सिर्जनात्मक काममा भने नया नाम होइन । सानै उमेर देखि उनी लेखन कार्यमा सकृय थिए । सन्चार कर्मको करिव दुई दशकको अनुभव सङालेका पौडेलले करिव एक दर्जन सिनेमा निर्माण गरिसकेका छन । उनको “तिम्रो मेरो साथ” सिनेमा भने पहिलो निर्देशकिय सिनेमा हो । यस अघि उनले राज्जा रानी, राम पियारी लगायतका सिनेमा निर्माण गरेका छन । अमेरिका बस्ने उनी बर्षमा एक पटक नेपाल आउछन एउटा सिनेमा निर्माण गर्छन र फर्किन्छन । आगामी प्रोजेक्ट समेत घोषणा गरेर फर्किने उनको योजना छ ।

सिनेमाका मुख्य कलाकारका लागि “तिम्रो मेरो साथ” परीक्षा बनेर आएको छ । यस अघिका केही सिनेमा पुष्प बहादुर खड्का र साम्रज्ञी आरए शाह दुबैका सफल सावित हुन सकेका छैनन । तिमी संग, काइरा , इन्टुमिन्टु लन्डनमा, रातो टीका निधारमा कुनै सिनेमाले पनि अपेक्षित दर्शक पाउन सकेनन । मारुनी हेर्न केही दर्शक हल सम्म आए पनि फरक कथाबस्तुमा बनेको यो सिनेमाले पनि अपेक्षित व्यापार गर्न सकेन । यो सिनेमा लगत्तै ह्यारी कि प्यारी सिनेमा पनि हलमा लाग्न लागेकोले प्रचारमा पनि उनलाई प्रेसर देखिएको छ ।

केही हप्ता अन्तरमा यसरी सिनेमा लाग्दा मेकर्स संगै उनलाई पनि घाटा छ । साम्राज्ञीले काम गरिरहेकै भए पनि रातो टीका निधारमा सिनेमा पछि उनका कुनै सिनेमा हलमा लागेका छैनन । त्यसैले तीन बर्ष पछि हलमा लाग्दै गरेको यो सिनेमा उनको लागि खास छ ।
यस अघि पुष्प र साम्राज्ञीले मारुनी र मङलममा स्कृन सेयर गरेका थिए । र यो जोडीलाई दर्शकले मन पनि पराएका थिए । अब दर्शकको लागि पनि यो जोडीको प्रस्तुती प्रतिक्षाको बिषय रहेको छ ।

पुष्पले सिनेमा नचले।पैसा फिर्ता दिने /दिएको चर्चा खुबै चले । उनले फिर्ता दिएको नदिएको कि त उनलाई थाहा छ कि त निर्मातालाई । पुष्पका लागि पनि यो सिनेमा चल्न अत्यन्त जरुरी छ । कृष्ण लीला फ्लप नै भयो भने मङलमको पनि व्यापार राम्रो भएन । अब पाइपलाईनमा केही सिनेमा भए पनि यो सिनेमा सफल भए उनको करियरमा एउटा इटा थपिने थियो ।

अझ सन्दीप क्षेत्रीको मुख्य भुमिका रहेको “श्री” सिनेमाले त पानी समेत भन्न पाएन । समग्रमा निर्देशक देखि कलाकार सम्म सबैका लागि यो सिनेमा सफल हुन जरुरी छ । खास छ ।

सिनेमा अब पुष २९ गते अर्थात भोलीबाट प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने सिनेमाको मुख्य भूमिकामा सन्दीप क्षेत्री र सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित सिनेमाको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् ।