Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गुञ्जन’ले दर्शकको मन गुञ्जाउनेमा ढुक्क छु : अष्ट महर्जन

काठमाडौं :
नेपाली द्धन्द निर्देशकको नाम लिने हो भने अष्टमान महर्जन अग्रस्थानमा आउँछन् । उनले द्धन्द निर्देशन गरेका अधिकांश सिनेमाले दर्शकको मन जितेका छन् । उनै द्धन्द निर्देशक महर्जन लभस्टोरी सिनेमा बोकेर दर्शकलाई शुक्रबारबाट हलमा चखाउदैछन् ।
आफ्नो सिनेमाले दर्शकको मन जित्नेमा निकै उत्साहित बनेका महर्जन अन्य सिनेमाको दाँजोमा यो फरक रहेको बताउँछन् ।

उनले सिनेमामा द्धन्द भन्दा पनि फरक सिनेमा निर्माणमा आफ्नो रुची रहेको बताए । त्यस कारण पनि आफ्नो दुइ दशक लामो सिनेमाको अनुभव यो सिनेमामा समावेश गरेको दावी गर्छन् । ‘मैले हरेक सिनेमामा द्धन्दको हिसावले नयाँपन दिदै आएको थिए । यस सिनेमामा पनि दर्शकले केहि नयाँ अवस्य भेटाउनु हुनेछ ।

दर्शकले कस्तो खालको सिनेमा हेर्न रुचाउँछन् भन्ने अनुसन्धान गरेर दर्शकको रोजाई अनुरुप नै सिनेमा निर्माण गरेको छु,’उनले निकै उत्साहित हुँदै भने,‘अघिल्ला सिनेमामा भन्दा यो सिनेमाबाट दर्शकको माया अत्यधिक रुपमा पाउनेछु भन्ने मलाई लाग्छ ।’ यस सिनेमाकी अभिनेत्री सारा श्रीपाली कामको सिलसिलामा दुबही भएकोले पनि प्रचारप्रसारमा कमी भएको देखिन्छ। तर,निर्देशक अरुको काममा आफुले ह्याम्पर नपार्ने मनसायमा देखिन्छन् ।

उनले सिनेमा रिलिजको समयमा अभिनेत्री श्रीपाली आइहाल्छिन् की भन्ने आस गरेका थिए । तर, रिलिज हुँनै लाग्दा पनि उनी नेपाल नआएपछि आफै प्रचारप्रसारमा दौडिएका छन् । उनलाई सिनेमाको प्रचारप्रसारमा अलिक कमि आएको हो भन्ने प्रश्नमा भन्छन्, ‘अभिनेत्री नहुँदाको प्रचार अहिले खल्लो हुने रहेछ ।’

उनले भने,‘ सिनेमाको प्रचारप्रसारमा अलिक कमी भएको मैले पनि महशुस गरेको छु । सिनेमा प्रचार गर्नका लागि यस सिनेमाकी हिरोइन् सारा दुबईमा हुनुहुन्छ । उहाँलाई त्यहाँ काम गर्दागर्दै नेपाल आउनुस् भन्न पनि सकिएन ।