Sur Cinema

Edit Content

ताजा अपडेट

अदृश्य छनक “चौतारी”

काठमाडौं ।
महापुरुष सफल भयो । हरिवंश आचार्य र मनोज गजुरेल पनि सफल । तर रविना देशराजको सम्बन्धमा समाजले औला उठाएको छ । परिवारले स्विकारेको यो सम्बन्ध ढिलो चाडो समाजले स्विकार्नै पर्छ ।

समाजको कथा पर्दामा उतार्नु सर्जकको विशेषता हो । चलेका बिषयमा सर्जक आकर्शित हुनु पनि सामान्य नै हो । “चौतारी” लघु सिनेमालाई यसैको उपज मान्न सकिन्छ । कथामा थोरै ट्विस्ट गराए पनि हाल ट्रेन्डमा रहेको बिषय नै यो सिनेमाको बिशयबस्तु बनेको छ ।

छोरीको जीवन बचाउन लागि परेकि आमा र उनका साथीलाई छोरीले नै गलत सोच्दाको स्थिती पन्ध्र मिनेट एकाउन्न सेकेन्डको यो सिनेमामा देख्न पाइन्छ । आमा र उनका साथीको सम्बन्धको जिम्मा दर्शक स्वयमलाई छोडिएको छ । जुन मिठ्ठो लाग्छ ।

अभिनयको कुरा गर्दा, मिना ढकालले बोलेका केही डाइलग अलिक भद्दा लागे पनि अन्य चरित्र निभाउने कलाकार माथी औला उठाउने ठाउँ छैन । अझ छोरीको भुमिकामा देखिएकी सिम्रन खड्काको प्रस्तुती हेर्दै गर्दा उनी चरित्र अभिनेत्रीको रुपमा छिट्टै स्थापित हुनेमा कुनै शंका नै छैन ।

क्यामेरामा मदन कस्यप घिमिरे र निर्देशनको पाटो सम्हालेका नवल नेपालको काम उस्तै अब्बल छ । दिनेश न्यौपाने र निर्देशक नेपालको कथा भने सामान्य मात्रै भए पनि प्रस्तुतीका कारण बलियो देखिएको छ । समग्रमा १५मिनेट ५१ सेकेन्डको लघु सिनेमाले मुलधारे सिनेमालाई च्यालेन्ज गरेको छ ।

ओ. एस. आर डिजिटल बाट सार्वजनिक लघु सिनेमा हरि ढकाल र गीता ढकालले निर्माण गरेका हुन । वसन्त भट्ट, मिना ढकाल, बिकाश लामिछाने र सिम्रन खड्काको अभिनय रहेको “चौतारी” मा प्रिया न्यौपानेको अतिथी भुमिका रहेको छ । नवीन निरौलाको सम्पादन रहेको “चौतारी” बाट भोकाएका दर्शक हरुलाइ मनोरन्जन दिने कुरामा निर्देशक नेपाल ढुक्क देखिन्छ !