Sur Cinema

Edit Content

ताजा अपडेट

युट्युबको शिर्ष स्थानमा ‘पञ्चायत’

काठमाडौं । 
२०७४ सालमा प्रदर्शनमा आएको सिनेमा ‘पञ्चायत’ केही दिनअघि युट्युबमा सार्वजनिक गरियो । पाँच दिनअघि युट्युबमा सार्वजनिक गरिएको उक्त सिनेमालाई यतिबेला दर्शकहरुले रुचाएका छन् ।

मंगलबार बिहानसम्म सिनेमाले ९ लाख बढी भ्युज पाइसकेको छ भने सिनेमा यतिबेला युट्युबको शिर्ष स्थान अर्थात पहिलो नम्बरमा छ । दर्शकहरुले सिनेमालाई राम्रो प्रतिक्रिया दिएका छन् ।

‘पञ्चायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा सिनेमा ‘पञ्चायत’ले ‘विदेशी भाषाको उत्कृष्ट चलचित्र’ विधामा र नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी थिइनु । सिनेमाले विकास बोर्ड विशेष सिनेमाको पुरस्कृत वापत २ लाख रुपैयाँ समेत पाएको थियो ।

पञ्चायतमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहन्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

सिनेमामा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । गणेश गिरीको प्रस्तुति रहेको सिनेमाको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । सिनेमालाई शिवम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् ।

सिनेमाले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । सिनेमाले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत गरिएको छ ।