Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘चि मुसी चि’ को पहिलो गीत ‘कथा’

काठमाडौं
पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चि मुसी चि’ को पहिलो गीत ‘कथा’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘कथा’ बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडालाई स्थान दिइएको छ ।

म्युजिक प्रोडुसरमा रोहित शाक्य, म्युजिक कम्पोजरमा बिराज गौतम तथा सौरभ श्रेष्ठ र कम्पोजर गायक गौतमको शब्द रचना रहेको सार्वजनिक गीतमा डाक्टर त्रिशला गुरुङकोे पनि स्वर सुन्न सकिन्छ । ‘चि मुसी चि’ जस्तो फरक जनराका हरर थ्रिलर सिनेमामा स्वर दिन पाउँदा खुशी लागेको अनुभव साटिन् ।

निर्देशक मर्ण जेम्सले पनि सिनेमामा कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएकको बताइन् । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा रविन्द्र झा, गौरव बिष्ट, विज्ञ नेपाल र विभुती नेपाल लगायतका कलाकार अभिनय रहेको छ ।