काठमाडौं
साम्राज्ञी आरएल शाहका अनुसार उनले १६ बर्षमा सिने क्षेत्रमा इन्ट्री मारेकी हुन रे । भुवन केसीको ‘ड्रिम्स’ बाट अभिनय यात्रा सुरु गरेकी उनको पहिलो सिनेमा बनेर रिलिज हुन भने केही बर्ष लागेछ । अहिले उनी २७कि भइन । यसरी हेर्दा उनले एक दशक बढी समय यो क्षेत्रमा बिताएकी छन ।
उनले धेरै नया पुराना नायक सङ काम गरिन । उनको काममा परिपक्वता आएको पनि स्पष्टै देखिन्छ । तर उनको बोलीमा भने कहिल्यै परिपक्वता देखिएन ।

एक समय थियो जहाँ उनले “आफुले स्टार जन्माउने हो, कसैले मलाई स्टार बनाउने होइन” भनेकी थिइन । पत्रपत्रिकाको मात्रै चलन हुदा बोलेको कुराले त दशकौं कलाकार माथी प्रश्न उठ्ने गरेकोमा अहिले त डिजिटल युग । बोलिएका प्रमाण इन्टरनेट भरी भेटिन्छ । तर यही प्रश्न उनलाई “तिम्रो मेरो साथ” मा गर्दा “ए हो र ? ठुलो ठुलो कुरा गरेको रहेछु त” भन्दै मजाकमा उडाइन ।
अभिनयमा ल्याएको परिपक्वता उनले बोलीमा कैले ल्याउने हुन खै !