Sur Cinema

Edit Content

ताजा अपडेट

श्री सञ्जय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान

काठमाडौं
श्री सञ्जय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सेवामूलक अभियान सञ्चालन गरिएको छ । उहाँको शुभजन्मोत्सवमा श्री सञ्जय साई सेवा अर्गनाइजेसनले विविध सामाजिक सेवामूलक ३५ दिने अभियान सञ्चालकन गरिरहेको हो ।यो अभियान सुरु भएको १० औं दिनसम्म आइपुग्दा विभिन्न क्षेत्रमा सामाजिक सेवामूलक कार्यहरू सम्पन्न भएका छन् । यसमा कागेस्वरी मनहरा वार्ड नं. ८ गोठाटार मा सडकमा अलपत्र छोडिएका असहाय करिव १०० गाई बस्तुलाई एक मिनिटाटा परालको भुस्सा, १०० किलो दाना, १०० किलो पिठो फलफुल खुवाइएको छ ।

यस्तै, हात्ती गौडामा करिव १०० वटा कुकुरलाई विभिन्न प्रकार का खाना रासन सामाग्री उपलब्ध गराइएको छ । त्यसैगरी माउन्ट सेभ बोर्डिङ स्कुल कोटेश्वरको नरेफाट मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशेषज्ञ डाक्टरहरू द्वारा करिव ३४५ जना स्थानियबासी दिन दुःखी र असहायलाई निःशुल्क रुपमा विस्तृत उपचार, स्वास्थ परीक्षण तथा औषधी बितरण गरिएको छ ।

त्यस्तै, हनुमान ढोका, पाटन, बुढानिलकण्ठलगायत बिभिन्न मन्दिरमा पन्छि परेवाहरूलाई दाना पानी मकै, गहु, चामल, आहारा दिएर सेवा गरिएको छ ।

यस्तै, सिद्दी बाल गृह खरीपाटी भक्तपुरमा करिव ५९ जना अनाथ बालबालिकालाई एक महिनाको लागि पुग्ने खाध्यान्न राशन सामाग्री उपलब्ध गराइएको छ । त्यस्तै, बृद्ध बृद्धाहरूलाई खाध्यान्न भाडाकुडा लता कपडा उपलब्ध गराइएको छ ।

यसैगरी विगतमा पनि बाबाकै जन्म दिनको अवसर पारेर दृष्टिविहिन, अपाङ्ग, वहिरा र असहाय करिव १५९ जना बालबालिकालाई जाडोमा लाउने न्यानो पोलर जाकेट बितरण गरेर सेवा गरिएको जनाइएको छ ।