Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सन्तोष श्रेष्ठको सङ्गीतमा,‘तिम्रो मायाको सागरमा’ (भिडियो सहित)

काठमाडौं
सङ्गीतकार सन्तोष श्रेष्ठको ‘तिम्रो मायाको सागरमा’ बोलको आधुनिक गीतमा भारतिय गायक कुमार सानु र गायिका देविका बन्दनाले स्वर दिनुभएको हो ।

बिहीबार देविका बन्दना नामक युट्युब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमबीच बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गर्नुभएको हो ।

सुरेन्द्र महर्जन ‘अमर’को शब्द रहेको गीतमा राजु कार्कीको एरेन्जर छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्रियंका कार्की र आयुश जोशीको अभिनय छ ।

भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गर्नुभएको छ । श्रेष्ठको सङ्गीतमा यसअघि भारतीय गायिका सञ्जीवनीले पनि गीत गाउनु भएको छ । सञ्जीवनी पछि श्रेष्ठले भारतीय लोकप्रिय र चर्चित गायक कुमार सानुको स्वरमा रहेको गीतमा सङ्गीत भर्नुभएको हो ।