Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भुतसँग भन्दा पनि प्रियंकासँग डराउछन् आयुष्मान

काठमाडौं : सिनेमा तथा म्युजिक भिडियोमा अत्यन्त व्यस्त पछिल्लो समयका जोडी हुन् अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोडी । बुवा आमा बनेपछि उनीहरुको हातमा सिनेमा र म्युजिक भिडियोको डिमाण्ड अत्यन्तै बढेको छ ।

उनीहरु अभिनित हरर जनराको सिनेमा ‘चि मुसी चि’ प्रदर्शनको तयारीमा रहेको छ । यहि पुष २२ गतेबाट हलमा लाग्ने यो सिनेमाको बुधबार ललितपुरको लविङ मलमा ट्रेलर रिलिजको कार्यक्रम राखिएको थियो । जहाँ प्रियंका र आयुष्मान २ बजे राखिएको कार्यक्रममा ३ बजेर २८ मिनेटमा पुगेका थिए ।

हरर सिनेमाको ट्रेलर हेरिसकेपछि पत्रकारले आयुष्मानलाई तपाईलाई सिनेमा देखि कतिको डर लाग्छ भनेर प्रश्न गरेका थिए । उनले पत्रकारको उत्तर दिदै भने मलाई भुत देखि त्यति डर लाग्दैन । बरु मलाई प्रियंका देखि डर लाग्छ भन्ने उत्तर दिए ।

पत्रकारले तपाईलाई हरर सिनेमा भन्दा पनि प्रियंकसँग डराए जस्तो लाग्यो नि ? भन्ने प्रश्न गरेका थिए । उनले जवाफमा भने,‘होनी । सुटिङ सुरु हुँदा १ महिना (गर्भवती) मात्रै भएको थियो (प्रियंकातर्फ इंकित गर्दै) । सुटिङको समयमा लडिबडी गर्छु भन्छ । नदिम नभने पनि नहुने किनभने प्रोजेक्ट राम्रो निकाल्नु पनि पर्ने । मलाई चाही त्यहाँ डर थियो । भुतसँग भन्दा पनि ।’