काठमाडौं : प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महापुरुष’ टिमले ५१ औं दिन उत्साहका साथ मनाएको छ। शुक्रबारबाट आठौं हप्तामा प्रवेश गरेको ‘महापुरुष’ले हिजो शनिबार ५१ औं दिन पूरा गरेको हो।
शनिबार नै टिमले राजधानीमा एक कार्यक्रम गर्दै ५१ औं दिन पुगेको अवसरमा केक काटेर खुशीयाली मनाएको छ। सिनेमाका सम्पुर्ण टिमसँगै अधिकांश पत्रकारको उपस्तिथि केक काट्ने कार्यक्रममा उपस्थिति रहेको थियो।

अहिलेको डिजिटल समयमा पनि ‘महापुरुष’ले ५१ औं दिन मनाउँन पाउँदा निर्माण टिम खुशी भएको निर्माता म्याक्स दिपेश खत्रीले बताए।
‘महापुरुष’ले नेपालका १२ हलमा ५१ दिन पूरा गरेको हो। त्यसो त, सिनेमालाई सुरुवात देखि नै दर्शकको अत्याधिक साथ मिलेको थियो ।









