Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

के ‘डिसेम्बर फल्स’ ले आर्यनको पुरानै क्रेज फर्काउला ?

काठमाडौं
करिब तीन वर्षको अन्तरालपछि आर्यन सिग्देल सिनेमामा फर्किएका छन् । त्यो पनि निकै अपेक्षित सहित उनी सिनेमामा फर्किएका हुन् ।

चकलेटी नायकका रुपमा चिनिएका आर्यन पुरानै क्रेज फर्काउने दाउमा रहेका छन् । हालै एक अन्तरवार्ताका रुपमा सिनेमा एकदमै राम्रो बनेको दाबी गर्दै सिनेमालाई दर्शकले मन पराउने अपेक्षा गरेका छन् ।

सोही सिनेमाका निर्माताले लगानी राम्रै गरेको भन्दै उनले सिनेमाको भन्दा पनि सिनेमाको निर्माता रामप्रसाद रिजालको तारिफ गर्न भ्याएका छन् । सोही क्रममा उनले निर्माता रिजाललाई सिनेमा के हो भन्ने नै थाहा नभएको तर सिनेमा राम्रो बन्नुपर्छ भन्ने मान्यता राख्ने गरेको बताए ।

उनले अन्तरवार्ताका क्रममा भने,‘सिनेमा भनेको के हो रामप्रसाद रिजाललाई थाहा छैन तर उनको मान्यता के हो भने सिनेमा राम्रो बन्नुपर्छ भन्ने थाहा छ ।’ आर्यनले थपे,‘पैसाको लागि कम्प्रमाइज नगर्नुस तर, सिनेमा राम्रो बनाउनु पर्यो, बनाउने काम तपाईहरुको ।’

एक्सन लभ स्टोरी,सबै खालको मिक्स सिनेमामा भएको कारण पनि आफुलाई दर्शकले मन पराउने आर्यनको दाबी छ । के उनको दाबी अनुसार उनको यो सिनेमा चल्ला त ? त्यो भने सिनेमा पुष १५ मा हेर्नै पर्ने हुन्छ ?