काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने सिनेमा ‘गुञ्जन’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
अष्ट महर्जनको निर्देशन रहेको सिनेमामा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । विगत २ दशक देखि सिनेमाको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु सिनेमा हो । प्रितमराजले पनि यसै सिनेमाबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको सिनेमा ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको सिनेमाको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।