काठमाडौं हरर थ्रिलर सिनेमा ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता पैदा गर्न सफल छ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ । सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ ।
सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।