Sur Cinema

Edit Content

ताजा अपडेट

प्रेमी बोकेर प्रमोसनमा, सिनेमा नचल्दा विवाहलाई दोष

काठमाडौं ।
कलाकार रिस्ता बस्नेतले लिड रोल पाएकी छन । नायक नभएको “पासो” सिनेमामा उनको मुख्य भुमिका छ भने सहायक भुमिकामा सुनिसा बजगाइ छिन । यी दुई प्रमोसनका लागि “धमलाको हमला” कार्यक्रममा पुगेका थिए । त्यहा विवाहको कारण आफ्नो सिनेमालाई असर परेको भन्न भ्याए । हुन पनि होला मिडिया जति सलोन बस्नेतको हल्दी मेहेन्दी हुँदै विवाह पछि पनि यी दुई कै पछि परेका छन।
सिनेमा हलमा कुन नया सिनेमा लाग्यो, व्यापार कस्तो हुँदै छ भन्नू भन्दा पनि सलोन र करिश्माको सन्तान कहिले र हनिमुन कहाँ भन्ने प्रश्न महत्वपूर्ण भएको होला सायद । तर रिस्ताले विवाहको कारण सिनेमा चलेन भन्दा अलि अपाच्य महसुस भयो । कारण, उनी स्वयम् नै सिनेमा प्रमोसनको नाममा प्रेमी बिकेर हिडिरहेकी थिइन ।

प्रमोसनमा भनेर मिडिया धाउदै गर्दा प्रश्नहरु उनको प्रेम र विवाह तिरै मोडिन्थ्यो । सोलो रोल पाउँदा आफैले प्रमोसन गर्ने हिम्मत बटुल्नु त कहाँ हो कहाँ प्रेमी साथ लगाएर हिड्ने अझ सिनेमा नचल्दा दोश भने अरुको विवाहलाई लगाउने ? यो त ठिक भएन नि रिस्ता जी ।