काठमाडौं
अमेरिकाको न्यु जर्सीको रमणीय दृश्यमा खिचिएको “छहरा” गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज दिएका छन्।
म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को युट्युब च्यानल बाट रिलिज गरिएको छ । यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिशले पछिल्लो समय प्रेम गित ३ का गीतमा संगीत भरेका थिए । यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधानले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ ।
यस गितको भिडियोमा सिनेमा गोर्खा पल्टनकी नायिका तथा मोडल रन्जिता गुरुङ लामो समयको अन्तरालमा देखिएकि छिन् र भिडियोमा उनलाइ कृश थापाले साथ् दिएका छन् । सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खड्का हुन् भने भिडियो निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् ।