Sur Cinema

Edit Content

ताजा अपडेट

नम्रता र भोलाको “डेसान” ट्रेलर सार्वजनिक

काठमाडौं ।
मङ्सिर २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा विवाहेत्तर सम्बन्धले वैवाहिक जीवनमा आउने उतारचढाबलाई देखाइएको छ।

कमल एक्चै मगर निर्देशित सिनेमामा नम्रता सापकोटा र भोला सापकोटाको मुख्य भुमिका रहेको छ । त्यस्तै निशान चौहान र पुनम थापाको समेत महत्त्वपूर्ण भुमिका छ । सिनेमामा नम्रता, भोला, निशान र पुनमसँगै कविता आले, शम्भु थापा, क्षितिज सुवेदी, अरुश जंग सरु, मलाइका बस्नेत, प्रमिशा सरु, कमला रानालगायत कलाकारको अभिनय छ।

पुनम र निशानको यो डेब्यू सिनेमा हो। राज थापा काउचाको कथा रहेको सिनेमाको पटकथा निर्देशक कमल स्वयंले लेखेका हुन्। पर्फमिङ आर्ट क्रिएसनको ब्यानरमा बनेको सिनेमाका कृशाला मगर कार्यकारी निर्माता हुन । चक्रबहादुर महर्जनले छायांकन गरेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।